भाखा नाघेको ऋण व्यवस्थापन तालिम सम्पन्‍न


धादिङ । धादिङ जिल्लाका सहकारी संस्थाहरुको लागि २ दिने भाखा नाघेको ऋण व्यवस्थापन तालिम सञ्चालन गरिएको छ । धादिङ बचत तथा ऋण सहकारी संघ लि.को आयोजना र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनको प्राविधिक सहयोगमा सञ्चालित तालिममा जिल्लाका सहकारी संस्थाका २० जनाको सहभागिता थियो ।

तालिममा सहकारी संस्थाले प्रवाह गर्ने ऋणको गुणस्तर, ऋण लगानी प्रक्रिया, ऋणको भाखा नाघ्नुको कारणहरु, ऋण लगानी र असुली सम्बन्धी प्रचलित कानुनी व्यवस्था, ऋण असुली प्रकृया, संस्थाले ऋण व्यवस्थापनमा ध्यान दिनुपर्ने कुराहरु जस्ता विषयमा सहभागिहरुलाई जानकारी गरिएको थियो । तालिममा सहकारी संस्थाका व्यवस्थापकहरु, ऋण अधिकृतहरु, ऋण उपसमितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो । तालिमको सहजिकरण बचत संघका व्यवस्थापक गोकर्ण दवाडीले गर्नुभएको थियो ।

कोभिड १९ का कारण सहकारी संस्थाहरुमा भाखा नाघेको ऋण बढ्दै गएकाले संस्थाहरु जोखिममा पर्ने सम्भावना भएकाले भाखा नाघेको ऋण असुलीमा सहयोग गर्न तालिम आयोजना गरिएको नेफ्स्कुन फिल्ड कार्यालय व्यवस्थापन समितिका सदस्य एवं बचत संघ धादिङका सचिव तुलसीप्रसाद अधिकारीले बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन