साकोस एक्सेस् कार्यक्रममा आबद्ध


सुनसरी । धरानस्थित झरना बचत तथा ऋण सहकारी संस्था लि. नेफ्स्कूनले एशियाली ऋण महासंघको सहयोगमा सञ्चालन गरेको साकोसहरुको गुणस्तर सुनिश्चितता सम्बन्धी अन्तर्राष्टिय प्रमाणीकरण कार्यक्रम एक्सेस् मा आबद्ध भएको छ । उक्त सम्बन्धमा नेफ्स्कून र साकोसबीच सम्झौता भएको छ । संस्थाको कार्यालयमा माघ २३ गते आयोजित कार्यक्रममा सम्झौतामा हस्ताक्षर सम्पन्न भएको हो । संस्थाका व्यवस्थापक सन्दिप मगरले धरान उपमहानगरपालिका भर कार्यक्षेत्र रहेको साकोसलाई वित्तीय रुपमा सवल, सक्षम, विश्वसनीय र दिगो बनाउँदै सदस्यहरुको पहिलो रोजाईको सहकारी संस्था बनाउन एक्सेस् कार्यक्रममा आबद्ध भएको जानकारी गराउनुभयो । संस्थालाई नीति, विधि र प्रविधिमा उत्कृष्ट बनाउन एक्सेस् कार्यक्रममा सहभागी भएको उहाँको भनाई थियो ।

२०६८ साल जेठ १९ गते स्थापित झरना साकोसमा हाल १६ सय ५७ सेयर सदस्य छन् भने २ करोड ७८ लाख सेयर पुँजी रहेको छ । ४४ करोड ऋण लगानी गरेको संस्थाको निक्षेप ४९ करोड रहेको व्यवस्थापक मगरले बताउनुभयो । साकोसमा हाल २० जना कर्मचारी कार्यरत छन् । विगतमा भएका कमीकमजोरीलाई सुधार गर्दै स्थापित मानकहरुको आधारमा संस्था सञ्चालन गर्नु आजको आवश्यकता भएकाले नेफ्स्कूनले सञ्चालन गरेको प्रतिष्ठित प्रमाणीकरण कार्यक्रममा सहभागी भएको उहाँले उल्लेख गर्नुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न
मिलिजुली कालिञ्चोक साकोसद्वारा क्यूआर कोड सेवा सुरु
पोखरामा सहकारीको संयुक्त रक्तदान कार्यक्रमः ६२ युनिट रगत संकलन