प्रोवेसन कार्यक्रम अभिमुखिकरण


काठमाडौं । गोंगबु क्षेत्रमा सञ्‍चालित बचत तथा ऋण सहकारी संस्थाहरुको लागि नेफ्स्कूनको आयोजनामा प्रोवेसन कार्यक्रम सम्बन्धि अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएको छ । प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौडेलले कार्यक्रमको उद्घाटन गर्‍दै नीति, विधि र प्रविधिमा संस्थाहरु सञ्‍चालन गर्नको लागि संघद्धारा सञ्चालित गुणस्तर सूनिश्चितताका कार्यक्रमहरुमा आवद्ध हुन ढिला गर्न नहुने बताउनुभयो ।

उहाँले संघले लिएको रणनीतिक उदेश्य प्राप्ति गर्न र संस्थाहरुको जोखिम न्यूनीकरण गर्नका लागि पनि प्रोवेसन कार्यक्रममा आवद्ध हुनु पर्ने आवश्यकता औंल्याउनुभयो । कार्यक्रमको अध्यक्षता नेफ्स्कूनका सञ्चालक एवम् गोंगबु फिल्ड कार्यालय व्यवस्थापन उपसमतिका संयोजक न्हुन्छेनारायण श्रेष्ठले गर्नुभएको थियो भने उपसमितिका सदस्यहरुको पनि सहभागिता थियो ।

कार्यक्रममा सो क्षेत्रमा सञ्‍चालित १९ वटा सहकारी संस्थाका २६ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रम सहजिकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत कोमलराज अधिकारी र गोंगबु फिल्ड ईन्चार्ज प्रकाश अधिकारीले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नुवाकोट सहकारी संघ मन्त्रालयमा दर्ता
प्रतिबिम्ब साकोसको आयोजनामा दोस्रो पाम वर्कशप सम्पन्‍न
वित्तीय साक्षरता तालिम सम्पन्‍न
हिमचुली साकोस गोरखाको रजत महोत्सव सम्पन्न