नेफ्स्कूनसँग सहकार्य गर्न रङ्‍गेली नगरपालिका तयार


मोरङ । प्रदेश नं १ को मोरङ् जिल्ला स्थित रंगेली नगरपालिकाले स्थानीय सहकारी संस्थाहरुलाई सक्षम, दिगो र सुशासित बनाउन नेफ्स्कूनसँग सहकार्य गर्न तयार रहेको जनाएको छ । रंगेली नगरपालिकाका मेयर दिलिपकुमार अग्रवालले नेफ्स्कूनसँग सहकार्य गर्न नगरपालिका तयार रहेको आज बताउनुभएको होे । उहाँले आवश्यक सहयोग र समन्वयका साथ अघि बढ्ने समेत बताउनुभयो । आज नेफ्स्कूनले आफ्ना सेवा तथा व्यवसाय सम्बन्धमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमका प्रमुख अतिथि मेयर अग्रवालले त्यस्तो धारणा राख्नुभएको हो । नेफ्स्कून फिल्ड कार्यालय इटहरीको आयोजनामा भएको कार्यक्रममा स्थानीय १५ साकोसका २८ जनाको सहभागिता थियो ।

कार्यक्रमको औचित्य सम्बन्धमा नेफ्स्कून सञ्‍चालक सदस्य एवम् फिल्ड कार्यालय इटहरीकी संयोजक गोमा नेपालले संघको रणनीतिक कार्यदिशा, नीति, विधि र प्रविधिमा जोड, आबद्धताका साथै सेवा व्यवसायका विविध पक्षका बारेमा स्पष्ट पार्नुभएको थियो । उहाँले सबै बचत तथा ऋण सहकारीहरुलाई सहकारी सञ्जालमा आवद्ध भई ऐक्यवद्ध भएर अघि बढ्न उत्प्रेरित गर्नुभएको थियो । सञ्चालक नेपालले सहकार्य गरी सहकारी संस्था ,नेफ्स्कून र पालिकाहरु अघि बढ्न सके सहकारी संस्थाहरुको संस्थागत विकास सम्भव हुने बताउनुभयो । कार्यक्रमको सहजिकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत मुकेश दाहाल र फिल्ड इन्चार्ज पवन घिमिरेले संयुक्त रुपमा गर्नुभएको थियो ।

सहजकर्ताद्वयले सहकारीको परिचय, मूल्य मान्यता र सिद्धान्त,नेफ्स्कूनको इतिहास, परिचय,नेफस्कुनको हालको अवस्था नेफ्स्कूनमा आवद्धताको प्रक्रिया,औचित्य र सम्भावना ,संघको सेवा तथा व्यवसाय, हाल संचालित कार्यक्रमहरु आदि विषयवस्तुहरुमा छलफल चलाउनुभएको थियो । नेफ्स्कूनले सञ्चालन गरेको साकोसहरुको गुणस्तर सुनिश्चितता सम्बन्धी प्रमाणीकरण कार्यक्रम प्रोवेसनका सम्बन्धमा पनि नेफ्स्कूनकी सञ्चालक नेपाल र सहजकर्ताहरुले सहभागीहरुलाई अभिमुखिकरण गर्नुभएको थियो । कार्यक्रम संचालन नेफ्स्कून इटहरी फिल्ड कार्यालय इन्चार्ज पवन घिमिरेले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नुवाकोट सहकारी संघ मन्त्रालयमा दर्ता
प्रतिबिम्ब साकोसको आयोजनामा दोस्रो पाम वर्कशप सम्पन्‍न
वित्तीय साक्षरता तालिम सम्पन्‍न
हिमचुली साकोस गोरखाको रजत महोत्सव सम्पन्न