साकोस सञ्जाल एवम् नेफ्स्कूनको सम्बन्धमा अन्तरक्रिया


काठमाडौं । नेफ्स्कूनले आज साकोस सञ्जाल एवम् संघको सेवा तथा व्यवसायहरु सम्बन्धमा काठमाडौंको सतुंगलमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । नेफ्स्कून कलंकी फिल्ड कार्यालयको अग्रसरतामा भएको कार्यक्रममा कलंकी र आसपासका क्षेत्रका करिब २६ साकोसका ३५ जनाको प्रतिनिधित्व रहेको थियो । कार्यक्रमका सहभागीहरुले नेफ्स्कूनसँग आफुहरुले निरन्तर सेवा व्यवसाय गरिरहेको भन्दै सम्बन्ध थप मजभूत बनाउन प्रविधिकरणमा विशेष जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । सहभागीहरुले स्थिरीकरण कोष, सदस्यता, तालिम तथा शिक्षा, प्रविधिकरण आदिका विषयमा विभिन्न जिज्ञासाहरु राख्नुभएको थियो ।

कार्यक्रममा नेफ्स्कून कलंकी फिल्ड कार्यालय व्यवस्थापन उपसमिति संयोजक एवम् संघका सञ्चालक सदस्य जनक कार्की तथा सदस्यहरु नारायण महर्जन, सुर्य महर्जन, लेमन श्रेष्ठको उपस्थिति थियो । संयोजक खत्रीले सदस्यहरुको इच्छा र अपेक्षालाई केन्द्रमा राखेर नेफ्स्कूनले आफ्ना सेवा व्यवसायहरु सञ्चालन गर्नेमा सहभागीहरुलाई आश्‍वस्‍त तुल्याउनुभएको थियो ।

सदस्यहरुको जिज्ञासा सम्बोधन गर्दै नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोखरेल, सदस्य सेवा विभाग प्रमुख दुर्गाप्रसाद ढकाल र व्यवसाय विभाग प्रमुख राधेश्याम श्रेष्ठले प्रविधिकरणमा नेफ्स्कूनले विशेष जोड दिएको भन्दै विविध सेवा र योजनाका बारेमा पनि जानकारी गराउनुभएको संघको कलंकी फिल्ड कार्यालय इन्चार्ज अस्मिता अधिकारीले बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सूचना तथा सञ्चार प्रवाह कार्यशाला गोष्ठी सम्पन्‍न
धुलिखेलमा कोपोमिस तालिम सम्पन्‍न
चन्द्रागिरि साकोसको CUDCC तालिम सुरु
संस्थागत विकास तालिम सुरु