दाङमा सहकारी सचेतना कार्यक्रम सुरु


तुलसीपुर उपमहानगरपालिका र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्स्कूनबीच सम्पन्न आधारशिला कार्यक्रममा सम्झौता भैसकेको परिप्रेक्ष्यमा २ दिने सहकारी सचेतना कार्यक्रम आज सुरु भएको छ । उपमहानगरपालिकाको सभाहलमा कार्यक्रम सुभारम्भ भएको हो । तुलसीपुर उपमहानगरपालिकाका सहकारी संयोजक एवम ७ नम्बर वडाअध्यक्ष टोपबहादुर केसी को सभाअध्यक्ष एवम् नगर प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन सत्र समापन भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नगर प्रमुख पाण्डेले सरकारको समाजवाद प्रतिको उदार धारणाले गर्दा ३ खम्बे अर्थनीतिको एक खम्बा सहकारी राखेको तर जुन गतिले सहकारीको विकास हुनुपर्ने त्यो नभएको बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका लाई सहकारीको हब बनाउन नेफ्स्कूनसँग सहकार्य गरी आधारशिला कार्यक्रम संचालन गरेको बताउनुभयो । नेपालमा हेर्न लायक सहकारी मध्ये दाङको तुलसीपुरमा पनि उत्कृष्ट सहकारी बनाउने महाअभियानमा सहयोग गर्न यस क्षेत्रका सम्पुर्ण सहकारीहरुलाइ उहाँले अव्‍हान पनि गर्नुभयो । उहाँले सहकारीको सात सिद्धान्तहरु पालना गर्ने मात्रै वास्तवमा सहकारी भएको तर सिद्धान्त बाहिर गएर कारोवार गर्ने सहकारीहरुलाई नियमनको दायरामा ल्याउने नगर प्रमुख पाण्डेले बताउनुभयो । सहकारीले आफ्ना शेयर सदस्यहरुसँग सेयर ,बचत र ऋण लगानी प्राभावकारी ढङ्‍गले सञ्‍चालन गर्न पनि निर्देशन दिनुभयो ।

२ दिन सम्म चल्ने कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका विभिन्न प्रकृतिका ४५ सहकारीका ५० जना भन्दा बढी को सहभागितामा छ । नेफ्स्कून फिल्ड व्यवस्थापन उपसमिति सदस्य हेमन्त योगीको स्वागत मन्तव्‍यबाट सुरु भएको कार्यक्रममा फिल्ड व्यवस्थापन उपसमिती सदस्य रमा आचार्य, लगाएतकाले शुभकामना मन्तव्‍य राख्नुभएको थियो । नेफ्स्कूनका वरिष्ठ अधिकृत नविनराज दाहालले आधारशिला कार्यक्रमको विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण नेफस्कून दाङका इन्चार्ज बेदप्रसाद भट्टराईले गर्नुभएको थियो भने व्यवस्थापन सहयोग नेफस्कूनका वरिष्ठ कार्यक्रम सहायक मनोहर आचार्यले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन