साकोसहरु अब उद्यमी सदस्य निर्माणमा केन्द्रित

ललितपुर । प्रोवेसन बाग्‍मती क्‍लष्‍टर पहिलोको २० कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला श्रीमाई बज्रबाराही साकोस ललितपुरको आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा आज २७ गते सम्पन्न भएको छ । कार्यक्रममा काभ्रे, ललितपुर, काठमाडौँ गरी जम्मा ९ ओटा साकोसबाट ३० जनाको सहभागीता थियो । कार्यक्रमको अध्यक्षता आयोजक साकोसका अध्यक्ष रामभक्त महर्जनले गर्नुभएको थियो भने नेफ्स्कूनका अध्यक्ष परितोष पौडेल प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा गोदावारी नगरपालिकाका सहकारी शाखा अधिकृत ऋषिराम अधिकारीको पनि सहभागिता थियो । कार्यक्रममा प्रमुख अतिथि पौडेलले ४ साकोस मार्फत आर्थिक विकास गर्नुपर्ने र त्यसका लागि सदस्यहरुलाई उद्यमशिलता सम्बन्धी तालिम उपलब्ध गराई उद्यमी सदस्यहरु निमार्णको कार्यमा लाग्‍नुपर्नेमा जोड दिनुभयो । उहाँले त्यस कामका लागि नेफ्स्कूने ७० जना प्रशिक्षक तयार गरिसकेको र अझै १ हजार प्रशिक्षक तयार गरी १ लाख सदस्यहरुलाई उद्यमी बनाउने योजना रहेको कुरा व्यक्त गर्नुभयो ।

साकोसहरु अब नयाँ प्रविधिमा जानुपर्ने र उक्त प्रविधि निर्माणका लागि नेफ्स्कूनले कार्य थालिसकेको कुरा समेत अध्यक्ष पौडेलले जानकारी गराउनुभएको थियो । कार्यक्रम सहजिकरण नेफ्स्कून कार्यक्रम अधिकृत कोमलराज अधिकारीले गर्नुभएको थियो । उक्त कार्यशालामा सहभागी साकोस प्रतिनिधिहरुले संस्थाको व्यवसाय निरन्तरता योजना निर्माण गर्ने, सम्भावित उद्यमी सदस्यहरु पहिचान गरी उद्यमशिलता सम्बन्धि तालिमहरुको आयोजना गर्ने, सदस्यहरुको सुमधुर सम्बन्धका लागि सदस्य शिक्षा तथा विस्तारित मञ्‍च जस्ता कार्यक्रमहरुलाई महत्वका साथ सञ्चालन गर्ने र आगामी २१ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला आगामी जेठ ७ गते होस्टे हैंसे साकोस काठमाडौँको आयोजनामा सम्पन्न गर्ने निर्णय समेत गरिएको थियो ।


Posted

in

, ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *