आधारभूत सहकारी लेखापालन तालिम सम्पन्‍न


कञ्चनपुर । जिल्लास्थित वेदकोट नगरपालिकाको आयोजनामा यही माग २४ गते बाट सञ्चालित पहिलो चरणको ६ दिने आधारभूत सहकारी लेखापालन तालिम आज सम्पन्न भएको छ । तालिममा नगरपालिकाका वडा नं १ देखि ५ सम्मका सहकारी संस्थाका कर्मचारीहरु सहभागी हुनुभएको थियो । समापन वेदकोट नगर सञ्‍जालका अध्यक्ष धर्मराज जोशीको अध्यक्षता र नगर प्रमुख अशोक कुमार चन्दको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

तालिम सहजिकरण वेदकोट नगरका लेखा अधिकृत केशवदत्त भट्टले गर्नुभएको थियो भने सञ्‍जालका अध्यक्ष जोशीले सहकारीको अवधारणा, मूल्य मान्यता र सिद्धान्त बारे प्रशिक्षण गर्नुभएको थियो । समापन कार्यक्रममा बोल्नु हुदै नगर प्रमुखले सहकारी संस्थाको विकासका लागि आफू प्रतिवद्ध रहेको र यसका लागि नेफ्कस्कूनसँग आधारशिला कार्यक्रममा सम्झौता गर्ने, यसका लागी नेफ़स्कूनसँग कुरा अघि बढेको समेत जानकारी गराउनुभयो । नगर अध्यक्ष जोशीले तालिममा सिकेको कुरा व्यवहारमा लागू गर्न सुझाव दिनुभयो ।

सञ्‍जालको तर्फबाट आफूले जूनसुकै बेला सहयोग गर्न तयार रहेको र नगरपालिका सँग निरन्तर समन्वयमा रहने प्रतिवद्धता व्यक्त गर्दै तालिम आयोजनाका लागी बेदकोट नगरपालिकालाई धन्यवाद व्‍यक्त गर्नुभएको छ । कार्यक्रममा सुदूरपश्चिम प्रदेश कृषि सहकारी संघका अध्यक्ष धर्मसिंह कुँवर र बेदकोट नगर आ.ले.प. संयोजक केशवदत्त भट्ट पनि सहभागी हुनुहुन्थ्यो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन