स्थापना दिवसको अवसरमा लेखनाथको सामाजिक कार्य


कास्की । पोखरा महानगरपालिका-२६, आघौंस्थित लेखनाथ वचत तथा ऋण सहकारी संस्थाले माघ २७ गते आफ्नो १३औं स्थापना दिवस एवम् १२औं बार्षिक उत्सवका अवसरमा सामाजिक कार्य गरेको छ । स्थापना दिवसको अवसरमा संस्थाले पोखरा २६ वडा कार्यालय नजिक निर्मित यात्रु प्रतिक्षालय अर्घौं बजार व्यवस्थापन समिति र २६ नम्बर वडा कार्यालयको रोहवरमा लोकार्पण गरेको हो । सहकारीको सामाजिक उत्तरदायित्वपूर्ण कार्यक्रम अन्तर्गत स्थानीय आवश्यकतालाई मध्येनजर गरी यात्रु प्रतिक्षालय निर्माणको काम गरिएको संस्थाका अध्यक्ष खडानन्द लामिछानेले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि वडा नं. २६ का वडा अध्यक्ष नारायणप्रसाद बराल, विशेष अतिथि जिल्ला सहकारी संघ कास्कीका वरिष्ठ उपाध्यक्ष छविलाल लामिछाने, जिल्ला सहकारी संघ कास्कीका महिला उपाध्यक्ष अम्बिका गौतम, संस्थापक अध्यक्ष नारायणदत्त वस्ताकोटी लगताय कार्यक्रम संयोजक शिवप्रसाद भण्डारी, स्थानीय सहकारी प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी लेखनाथ शाखा, विभिन्न युवा क्लव र अर्घौं बजार व्यवस्थापन समितिका प्रतिनिधिहरुको उपस्थिति थियो ।

२०६५ साल माघ २७ गते स्थानीय १ सय ३१ जना महिला तथा पुरुषहरुको सहभागितामा शुरु भएको सहकारी आज १३ औं वर्ष प्रवेश गर्दै गर्दा १५ सय ०५ सदस्यमार्फत कुल ४६ करोड २० लाखको कारोबार गरिरहेको छ । संस्थामा कुल ६ करोड ३६ लाख सेयर पुँजी, ३५ करोड ७९ लाख ०२ हजार बचत संकलन र ३३ करोड ५२ लाख ७९ हजार ऋण लगानी रहेको छ । संस्था नेफ्स्कूनद्वारा प्रवर्द्धित नेपाल स्तरको गुणस्तर प्रमाणिकृत कार्यक्रम प्रोवेसनमा २ बर्षदेखि आवद्ध छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

वित्तीय साक्षरता तालिम सम्पन्‍न
हिमचुली साकोस गोरखाको रजत महोत्सव सम्पन्न
नेफ्स्कून साकोस म्यानेजर्स क्लबले देशभर सञ्जाल विस्तार गर्ने
बचत तथा ऋण सहकारी संस्थाहरुको व्यवसायिक प्रबर्द्धन तालिम