फ्रेण्डसिप साकोसको तेस्रो एकीकरण प्रयास स्वीकृत

दोलखा । जिरीस्थित एकीकृत फ्रेण्डसिप साकोसको तेस्रो एकीकरण प्रसाय बाग्म‍ती प्रदेश सरकारबाट स्वीकृत भएको छ । विगतमा पहिलोपटक ९ र दोस्रो पटक २ गरी ११ वटा विभिन्न उद्देश्यका सहकारीहरु एकीकरण गर्न सफल उक्त साकोसले थप ३ सहकारीहरुसँग एकीकरणको औपचारिक स्वीकृति प्राप्त गरेको छ । आज बाग्म‍ती प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एकीकरण प्रयासलाई विधिवत स्वीकृत गरेको हो । साकोसले जिरी स्थित जिरीश्वरी महिला साकोस, भिभेश्वर नगरपालिका स्थित कुखुरा व्यवसायी साकोस र रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका अन्तर्गतको प्रिति साकोससँग एकीकरण गरेको छ । एकीकृत कारोबार चैत १ गतेबाट सुरु गरिने बताइएको छ ।

एकीकृत फ्रेण्डसिपले २०७१ साल पौष १६ गते जिरी स्थित विभिन्न उद्देश्यका ९ वटा सहकारी संस्थाहरु एक साथ एकीकरण गर्न सफल भएको थियो भने २०७४ सालमा जिरी नगरभित्रका थप २ वटा सहकारी संस्थाहरु एकीकरण गरि ११ वटा संस्थाहरुको एकीकृत कारोवार सुरु गरेको थियो । हाल संस्थाको कार्यक्षेत्र दोलखा जिल्लाको जिरी नगरपालिका र रामेछाप जिल्लाको गोकुलगंगा गाउपालिकाको वडा नं १, २, ३ र ४ रहेकोमा संशोधित विनियम पश्चात संस्थाको कार्यक्षेत्र दोलखा जिल्लाको जिरी नगरपालिका, वैतेश्वर गाउपालिका र भिमेश्वर नगरपालिका साथै रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका र उमाकुण्ड गाउँपालिका समेत कार्यक्षेत्र थप भएको छ ।

हाल संस्थाले मुख्य कार्यालय सहित जिरी नगरपालिका र गोकुलगंगा गाउँपालिकामा समेत गरी ९ वटा स्थानबाट एकै साथ नेकोस प्लस सफ्टवेयर मार्फत ABBS सहितको सेवा प्रवाह गर्दै आइरहेको छ । यसका साथै निकट दिनमा यस सहकारीले सदस्यहरुको हितलाइ मध्यनजर गर्दै दोलखा जिल्लाको भिमेश्वर नगरपालिका स्थित चरिकोटमा, गोकुलगंगा गाउँपालिकाको बेतालीमा र उमाकुण्ड गाउँपालिको प्रितिमा थप सेवा केन्द्र संचालन गरी थप सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।


Posted

in

,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *