सेवा केन्द्र विस्तार साथै सामाजिक क्रियाशिलता


दोलखा । जिल्लाको चरिकोटस्थित हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि.ले शेयर सदस्यहरूलाई छिटो, छरितो र प्रविधियुक्त सेवा उपलब्ध गराउने उद्देश्यसहित फागुन १ गतेदेखि नगद संकलन केन्द्र सञ्चालनमा ल्याएको छ । सातदोबाटो चरिकोटमा रहेको अदिती कम्प्लेक्सको भवनमा शुरु गरिएको उक्त सेवा केन्द्रबाट शेयर सदस्यले बचत जम्मा तथा ऋणको व्याज तथा किस्ता भुक्तानी गर्न सक्ने संस्थाले जनाएको छ । व्यस्त र ग्रामीण क्षेत्रबाट आउने शेयर सदस्यलाई बचत जम्मा तथा ऋण भुक्तानीका लागि मुख्य कार्यालयमा आउँदा अत्याधिक समय लाग्‍ने हुँदा नियमित बचत गर्न तथा ऋणको व्याज तथा किस्ता समेत भुक्तानी गर्न गाह्रो भएकाले संस्थाले नगद संकलन केन्द्र मुख्य बजारमा नै सञ्चालन गरेको जानकारी गराएको छ ।

भीमेश्वर नगरपालिकाका उपमेयर कमला बस्‍नेत र नेफ्स्कूनका सञ्चालक जिवसराज खड्काले संयुक्त रुपमा नगद सङ्‍कलन केन्द्रको उद्घाटन गर्नुभएको थियो ।स्थानीय नागरिकहरुको समेत सहभागितामा निर्माण गरिएको नागरिक प्रतिक्षालयमा संस्थाले ४० हजार भन्दा बढी खर्च गरेको छ । यससँगै दोलखा बजारमा पनि नागरिक प्रतिक्षालय सहित पुष्पबाटिका निर्माण गरी समुदायलाई हस्तान्तरण गर्ने तयारी रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक बस्‍नेतले जानकारी दिनुभयो ।

संस्थाको माघ मसान्तसम्मको सम्पत्ति तथा दायित्व ६५ करोड ४९ लाख रुपैयाँ बराबर छ भने संस्थामा ८ हजार एक सय शेयर सदस्य र ३२ सय बाल बचतकर्ता रहेका छन् । संस्थाले मुख्य कार्यालय चरिकोट सहित अग्रगामी सेवा केन्द्र बोध र दुई वटा नगद संकलन केन्द्रबाट शेयर सदस्यलाई सेवा दिइरहेको संस्थाका प्रमखु कार्यकारी अधिकृत दिपक बस्‍नेतले जानकारी दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

धुलिखेलमा कोपोमिस तालिम सम्पन्‍न
चन्द्रागिरि साकोसको CUDCC तालिम सुरु
संस्थागत विकास तालिम सुरु
ज्योति मिर्मिरे सामुहिक साकोसको जेष्ठ सदस्य सम्मान