उद्यमशीलता प्रवर्द्धन र प्रविधि विकासमा जोड


भक्तपुर । प्रोवेसन बाग्म‍ती क्लष्टर तेश्रोको तेश्रो कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला चमेली कल्याणकारी साकोस भक्तपुरको आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा फागुन १ गते सम्पन्न भयो । कार्यक्रममा भक्तपुर र काठमाण्डौका ७ वटा साकोसबाट २३ जनाको सहभागिता रहेको थियो । कार्यशालाको अध्यक्षता आयोजक साकोसका सचिव एवम् प्रोवेसन कार्यक्रम कार्यान्वयन कार्यदल संयोजक मिठाराम न्यौपानेले गर्नुभएको थियो भने प्रमुख आतिथ्यता नेफ्स्कून अध्यक्ष परितोष पौडेलले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि पौडेलले साकोसहरुले माहामारीको समयमा सदस्यलाई दिएको सेवाको प्रशंसा गर्नुहुदै अव सदस्यहरुलाई उद्यमी बनाउनुपर्ने कुरामा जोड दिनु भयो । यसको कार्यान्वयनको लागि नेफ्स्कूनले १ हजार प्रशिक्षक तयार गर्ने गरी थालनी गरी सकेको समेत जानकारी गराउनुभयो । साकोसहरु मार्फत कार्यान्वयनको अपेक्षा राखेको बताउँदै हरेक साकोसको योजनामा सदस्यहरुलाई उद्यमी बनाउने खालका कार्यक्रम बन्‍नुपर्ने समेत जोड दिनुभयो ।

सोहि अवसरमा अध्यक्ष पौडेलले साकोस अभियानमा भएको प्रविधि प्रयोगको अभाव पूरा गर्न अत्याधुनिक सुविधा र सञ्जाल व्यवस्थापन सहितको नयाँ प्रविधि विकास गर्ने उद्देश्य सहित काम सुरु भएको समेत जानकारी गराउनुभयो । कार्यक्रमको सहजिकरण नेफ्स्कून कार्यक्रम अधिकृत रामकृष्ण भट्टराई र भक्तपुर फिल्ड कार्यालय प्रमुख पेशलकुमार खड्काले गर्नुभएको थियो । उक्त कार्याशालामा सहभागीहरुले भाखा नाघेको ऋण व्यवस्थापनको लागि हालको लगानी प्रकृयालाई समयानुकुल अद्यावधिक गराई ऋण लगानी गर्ने, सदस्यहरुलाई उद्यमी बनाउने गरी साकोसमा नै प्रशिक्षक तयार गरी संभावित सदस्यहरुलाई उद्यमशीलता तालिम दिने, सदस्यसँगको सुमधुर सम्‍बन्धको लागि सदस्य शिक्षा, विस्तारीत मञ्च, सदस्यसँग नियमित भेटघाट लगायतका क्रियाकलाप निरन्तर गरी राख्‍ने निर्णय गर्दै आगामी चौँथो कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला २०७८ जेठ १ गते स्यूचाटार साकोस काठमाडौँको आयोजनामा गर्ने निर्णय समेत गरीएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नुवाकोट सहकारी संघ मन्त्रालयमा दर्ता
प्रतिबिम्ब साकोसको आयोजनामा दोस्रो पाम वर्कशप सम्पन्‍न
वित्तीय साक्षरता तालिम सम्पन्‍न
हिमचुली साकोस गोरखाको रजत महोत्सव सम्पन्न