नीति, विधि र प्रविधि सहजिकरणमा नेफ्स्कून


दोलखा । नेफ्स्कून सञ्‍चालक समिति सदस्य एवम् बाग्म‍ती प्रदेश बचत तथा ऋण सहकारी संघका महासचिव जिवसराज खड्काले बचत तथा ऋण सहकारीहरु साकोस मा परेका समस्याहरुको सहजिकरणको लागी नेफ्स्कून सधै तयार रहेको भन्दै नीतिगत र कानूनी समस्या सम्बोधनका लागि सरकार र सम्बन्धित पक्षसँग पनि बहसपैरवी बढाउँदै लगिएको बताउनुभएको छ । उहाँले साकोसहरु आफ्नो तर्फबाट भने अनिवार्य रुपमा निति विधि प्रविधिमा चल्ने विषयमा कुनै सम्झौता गर्न नहुने स्पष्ट पार्नुभयो ।

दोलखा जिल्ला अन्तर्गत भिमेश्वर क्लस्टरमा आवद्ध साकोसहरुको दशौँ कार्यकुशलता तथा शिकाई व्यवस्थापन कार्यशालालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेफ्स्कून सञ्चालक सदस्य खड्काले सम्पूर्ण साकोसहरुले अनिवार्य रुपमा आधारभूत निति तथा आवश्यक कार्यविधिहरु निर्माण गर्नुपर्ने, आर्थिक कारोवार सफ्टवेर मार्फत गर्नुपर्ने, कर्मचारी तथा सञ्‍चालकहरुले आवश्यक तालिम तथा प्रशिक्षण लिनुपर्ने, दैनिक खाताबन्दी गरी नगद विवरण प्रस्टरुपमा राख्नुपर्ने भन्दै यी कार्यका लागि छाता संगठनहरुले सहयोग गर्ने बताउनुभयो । साकोसहरु नीति, विधि र प्रविधिमा चल्न नसके मर्जमा जानुपर्ने समेत उहाँले उल्लेख गर्नुभयो । कालिन्चोक गाउँपालिका सुनखानीमा रहेको कालिनाग साकोसको आयोजनामा उक्त कार्यक्रम माघ २९ मा सम्पन्‍न भएको हो ।

कार्यक्रममा साकोसहरुले आफ्नो प्रगति प्रतिवेदनका साथै आफुलाई परेका धितो रोक्का, कोपोमिसको युजरनेम र पासवर्ड लिनमा परेको समस्याहरु राखेका थिए । कार्यक्रममा कालिन्चोक गाउँपालिकाका सहकारी विभाग प्रमुख कुमारप्रसाद सेढाई, जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष जगत सुवेदी, सर्मिला सापकोटा, मोहनप्रसाद पाठकसहित विभिन्न साकोसहरुका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता थियो ।

कार्यक्रमको सहजिकरण नेफ्स्कून अनुगमन अधिकृत श्याम राजा तिमिल्‍सेनाले गर्नुभएको थियो । कार्यक्रममा दोलखा जिल्ला अन्तर्गत भिमेश्वर क्लस्टरमा आवद्ध सात वटा संस्थाहरुको सहभागिता थियो । सम्पुर्ण संस्थाको प्रस्तुतिकरणहरुको समिक्षा गर्दै आगामी कार्यक्रम २०७८ बैशाख २५ गते ग्रामिण साकोस कालिन्चोक गाँउपालिका ४ झ्याँकु आयोजनामा सञ्‍चालन गर्ने गरी समापन गरिएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

उच्च स्तरीय पर्ल्स अनुगमन तालिम सञ्चालन
कृषि ऋणमा व्याज अनुदान सम्झौता
चमेली कल्याणकारी साकोसको १९ औं वार्षिक साधारण सभा सम्पन्न
११ औं वार्षिक साधारण सभा सम्पन्‍न