बचत तथा ऋण सहकारी एकीकरण


धादिङ । जिल्लाका दुई बचत तथा ऋण सहकारी संस्था एकीकरण भएका छन् । गल्छी गाउँपालिका–६ स्थित हाइवे बचत तथा ऋण सहकारी संस्था लि र थाक्रे गाउँपालिका–७ स्थित सरस्वती महिला बचत तथा ऋण सहकारी संस्था लि. बीच एकीकरण भई हिजो एकीकरण सभा सम्पन्न भएको हो । दुई संस्था एकीकरण गरी एक सक्षम सहकारी संस्था निर्माण गर्ने उद्देश्यले समान प्रकृतिका दुई सहकारी एक भएको संस्थाका व्यवस्थापक ऋषिराम नेपालले जानकारी दिनुभयो ।

एउटै लक्ष्य उद्देश्य र एउटै कार्यक्षेत्र रहेको तर सानो पुँजी निर्माणका कारण सदस्यहरुको मागलाई सम्बोधन गर्न नसकिएको हुँदा उद्यमशीलता प्रवर्द्धन र व्यवसायिक विकासका लागि सहकारी एकीकरणको विकल्प नभएको एकीकृत संस्थाका अध्यक्ष उमा सिङ्‍खडा नेपालले बताउनुभयो ।एकीकृत हाइवे साकोसमा कुल ३४ सय १८ सेयर सदस्य मध्ये १९ सय ८२ महिला सदस्यहरु हुनुहुन्छ । कुल २२ करोड ६० लाख संयुक्त कारोबार रहेको उक्त संस्थाको २ करोड ३१ लाख सेयर पुँजी, १६ लाख ६ करोड बचत र १६ करोड ४१ लाख ऋण लगानी रहेको छ ।

संस्थामा महिला सेयर सदस्यहरुलाई लक्षित गरि लघुवित्त सेवा साथै महिला उद्यमशिलता प्रवर्द्धनका कार्यक्रमहरु अगाडि बढाइने योजना रहेको संस्थाका व्यवस्थापक ऋषिराम नेपालले जानकारी दिनुभयो । गत मंसिर र पुसमा बार्षिक साधारणसभा सम्पन्न गरेका दुवै संस्थाले एकीकरणसँगै संयुक्त सभा गरेका हुन् । दुवै साकोस नेफ्स्कूनद्वारा सञ्चालित साकोस जोखिम सुपरिवेक्षण कार्यक्रम–कर्ब्समा आवद्ध छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन