संस्थागत विकास तालिम सम्पन्‍न


भक्तपुर । चाँगुनारायणस्थित छिन्‍नमस्‍त महिला साकोसको संस्थागत विकास तालिम नगरकोटको मेरिगोल्डमा हिजो सम्पन्न भएको छ । माघ ३० देखि फागुन २ गतेसम्म सञ्चालित उक्त तालिममा संस्थाका सञ्चालक समिति, लेखा समिति, उपसमिति र व्यवस्थापन गरी २० जनाको सहभागिता रहेको थियो । तालिमको सहजिकरण नेफ्स्कूनका प्राचार्य गणेशप्रसाद तिमिल्सिना र कार्यक्रम अधिकृत कोमलराज अधिकारीले गर्नुभएको थियो ।

समापन कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष देवका श्रेष्ठ लगायत सहभागी प्रतिनिधिहरुले तालिम साकोस सञ्चालनको लागि निकै महत्वपूर्ण भएको र अवका दिनमा संस्था सञ्चालनमा र व्यक्तित्व विकासमा सहजता ल्याउने बताउँदै तालिममा सिकेका कुरा संस्थामा लागु गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न
मिलिजुली कालिञ्चोक साकोसद्वारा क्यूआर कोड सेवा सुरु
पोखरामा सहकारीको संयुक्त रक्तदान कार्यक्रमः ६२ युनिट रगत संकलन