पोखरामा CLCC तालिम प्रारम्भ


कास्की । कोअपरेटिभ म्यानेजर्स क्लव CMC कास्कीको आयोजना तथा नेफस्कूनको प्राविधिक सहयोगमा पोखरामा आजबाट सहकारीका ऋण अधिकृतहरुको क्षमता अभिवृद्धि तालिम CLCC प्रारम्भ भएको छ । उक्त तालिममा ३० जनाको सहभागिता रहेको छ । तालिम कार्यक्रमको प्रमुख अतिथि जिल्ला सहकारी संघ लिमिटेड कास्कीकी अध्यक्ष सावित्रा कोईरालाले सिएमसीको गतिविधिले गर्दा सहकारी अभियानमा राम्रो टेवा पुगेको र स्थापना काल देखी नै क्लव सहकारीमा कार्यरत कर्मचारी एवं समितिको क्षमता विकासमा लागेको हुँदा देशभर रहेका सवै सहकारीकर्मीले यसको अनुसरण गर्नुपर्ने धारण राख्नुभयो । उहाँले कोइरालाले आगामी दिनमा जिल्ला सहकारी संघ लिमिटेड, कास्की सीएमसीसँग सहकार्य गरि अगाडी बढने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा क्लवका मानार्थ सदस्य एवं सहकारी विज्ञ भिम गुरुङ्गले क्लवले गरेका गतिविधिले गर्दा आज देशभर सिएमसिको खाँचो महसूस गरि थुप्रै सिएमसि क्लवहरु गठन भएका र CMC कास्कीको कामको प्रशंसा हुँदा गौरवको अनुभुत गरेको कुरा व्यक्त गर्नुभयो । गुरुङ्गले तालिममा सिकेको कुरा व्यवहारमा लागु गर्नु हुने समेत सहभागि प्रशिक्षार्थीलाई अनुरोध गर्नुभयो । ३ दिनसम्म सञ्चालन हुने तालिमको सहजिकरण नेफ्स्कूनका वरिष्ठ तालिम अधिकृत वल्लभ तिमिल्‍सेना र तालिम अधिकृत सुमनराज घिमिरेले गर्नुभएको छ ।

सिएमसी कास्कीका अध्यक्ष डम्मरसिंह बस्‍नेतको अध्यक्षतामा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष अपिल कोइराला र सञ्चालन सचिव हरिप्रसाद पन्थीले गर्नुभएको थियो । व्यवस्थापकहरुको क्षमता सहकारी संस्थामा एकरुपता भन्ने मुल नाराका साथ २०७३ सालमा मिलन ढकालको अध्यक्षतामा कालिटी सर्कलको रुपमा स्थापित क्लवले थुप्रै तालिम एवं गोष्ठीहरुको अयोजना गरेको छ । अध्यक्ष बस्‍नेतले भन्नुभयो ‘सहकारी सम्बन्धी तालिमको लागि जस्तो सुकै प्राविधिक सहयोग हामीले गछौ । त्यसैगरी, सहकारीका नीति, कार्यविधि एवं निर्देशिकाहरु बनाउन प्रारम्भिक सहकारी संस्थालाई हामी सहयोग गर्दछौ । यो तालिम आयोजना गर्दा हाम्रो आफ्नो ऋःऋ को ग्रुप छ त्यसमा राखेको ३० मिनेटमा सहभागिको संख्या पुरा भएकोले पुन २०७७ साल फागुन ९ गते देखी ११ गते सम्म यही तालिम आयोजना गरिएको छ । त्यसमापनि आवश्यक संख्या तुरुन्त पुगेको हुँदा समय मिलाएर तेस्रो चरणको तालिम सञ्चालन गर्नेछौ ।’ निकट भविष्‍यमा कास्कीका व्यवस्थापकहरु लाई लक्षित गरि तालिम आयोजना गर्न लागिएको जानकारी अध्यक्ष बस्‍नेतले दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

चन्द्रागिरि साकोसको CUDCC तालिम सुरु
संस्थागत विकास तालिम सुरु
ज्योति मिर्मिरे सामुहिक साकोसको जेष्ठ सदस्य सम्मान
ऋणको कानुनी प्रक्रिया तथा धितो मुल्याङ्‍‌कन तालिम सम्पन्‍न