निकायको निर्देशन परिपालनामा गम्भीर


ललितपुर । नेफ्स्कून ललितपुर फिल्ड कार्यालयको आयोजनामा आइतबार सहकारीमा सम्पत्ति शुद्धीकरण निवारण तालिम (AML/CFT Training) सम्पन्न भएको छ । १ दिने तालिम सहजिकरण नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक श्यामकृष्ण दाहालले गर्नुभएको थियो । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा आयोजित तालिममा ललितपुर र काठमाडौंका विभिन्न संस्थाहरुबाट २९ जनाको सहभागिता थियो । कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौडेलले सम्पत्ति शुद्धिकरणको विषयमा नियमनकारी निकायले जारी गरेको निर्देशन अनिवार्य परिपालन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले उक्त विषय गम्भीर ढङ्‍गले अगाडि बढेको बताउँदै, kym फारम, नीति बनेको छैन भने मात्र पनि गम्भीर जरिवाना सहितको कारवाही रहेको विषयमा सचेत हुँदै संस्था सञ्चालनमा जोड दिनुभयो । तालिम अतिरिक्त संस्थालाई निरन्तर नेफ्स्कूनले सहजिकरण गर्ने विषय प्रस्तुत गर्दै अध्यक्ष पौडेलले target calendar बनाएर अभ्यास गर्न संस्थाहरुलाई सुझाव दिदै त्यस्को सहजिकरण नेफस्कूनले गर्ने अवगत गराउनुभयो ।

तालिम सहभागीहरुले नेफ्स्कूनले सञ्चालन गरेका तालिम उत्कृष्ट हुने भन्दै हिजोको तालिमबाट पनि धेरै विषय प्रष्ट भएको धारणा राख्नुभएको थियो । कार्यक्रम समापन सत्रमा नेफ्स्कून फिल्ड व्‍यावस्‍थापन उपसमिति सदस्य देवि श्रेष्ठले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । समापन सत्रमा बोल्दै श्रेष्ठले सिकेको कुराले मात्र नपुग्‍ने व्यवहारमा उतार्न कार्यान्वयनमा जान सक्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको समन्वय तथा सञ्‍चालन नेफ्स्कून फिल्ड कार्यालय ललितपुर प्रमुख दिनेश गौतमले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन