क्षमता अभिवृद्धि तालिम


भक्तपुर । मकवानपुर फाखेलस्थित श्री सक्रिय महिला बचत तथा ऋण सहकारी संस्था लि.का सञ्‍चालकहरुको क्षमता अभिवृद्धि तालिम भक्तपुरको नगरकोटमा प्रारम्भ भएको छ । फागुन ४ देखि ७ गतेसम्म चल्ने ४ दिने उच्चस्तरीय तालिममा संस्थाको सञ्‍चालक समिति, लेखा समिति, उपसमिति र व्यवस्थापन गरी १६ जनाको सहभागिता रहेको छ । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौडेलले तालिमको संस्था सञ्चालनका अतिरिक्त जीवनको गुणस्तरीयता विकासमा टेवा पुग्‍ने दावी गर्नुभयो । सञ्चालकहरुको ध्यान आफ्नो सँगै सदस्यहरुको क्षमता विकासमा समेत केन्द्रीत हुनुपर्ने उहाँले बताउनुभयो । अध्यक्ष पौडेलले अब बचत तथा ऋण सहकारी संस्थाहरु उद्यमशिलतामा जोडिनुपर्ने समयमको माग भएको उल्लेख गर्दै महिलाहरुको उत्थान र विकाससँंग जोडिन संस्था सञ्चालकहरुलाई आग्रह गर्नुभयो ।

उहाँले प्रविधिमैत्री सेवा प्रवाहका लागि नेफ्स्कूनले कार्य थालिसकेको समेत उक्त अवसरमा जानकारी गराउनुभयो । कार्यक्रममा साकोस अध्यक्ष श्रमिक लामाले महिलाहरुको क्षमता विकासमा भूमिका निर्वाह गर्दै आत्मनिर्भर बनाउन संस्था सफल भएको दावी गर्नुभयो । उहाँले सदस्यहरुलाई उद्यमी बनाउँदै समाजमा हुने महिला हिंसा न्यूनीकरण, बालविवाह विरुद्ध सचेतना लगायतका धरै सामाजिक क्रियाकलापमा पनि संस्था जोडिएको बताउनुभयो । तालिमबाट सबै सहभागीहरुको क्षमता विकासमा मद्दत पुग्‍ने र त्यसबाट सदस्यहरुको क्षमता हुने भन्दै अध्यक्ष लामाले गुणस्तरीय र दिगो साकोस सञ्चालनमा तालिम सहयोगी हुने अपेक्षा समेत व्यक्त गर्नुभयो । तालिम सहजिकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत कोमलराज अधिकारी र तालिम अधिकृत उमेश कोईरालाले गर्नुभएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पथप्रर्दशक नारी आवाजहरु
महिला साकोसका लागि निशुल्क सफ्टवेयर र उद्यमशिलता थोक ऋण सुविधा
‘नेतृत्वमा ३३.५ प्रतिशत महिला पहुँच सुनिश्चित गरिएको छ’
शोषण र विभेदरहित समाज निर्माणमा सहकारी सारथी