आइसीए ग्लोबल बोर्ड सदस्यहरुसँग परामर्श


अन्तराष्ट्रिय सहकारी महासंघ एसिया प्रसान्त क्षेत्रले सदस्यहरुसँग परामर्श लिने उद्देश्यले मंगलबार फिलिपिन्सका सदस्य संघहरुसँग गरेको परामर्श श्रृङ्‍खला राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तराष्‍ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले प्रमुख वक्ताका रुपमा बोल्दै सहकारीमा महिला सहभागिता वृद्धि गर्न युवाहरुमा सहकारीको प्रवद्र्धन गर्ने, प्रविधिको अवलम्बन गर्ने र सहकारीबीच सहकार्यलाई फोकस गर्नुपर्ने बताउनुभएको छ । सन् २०२० मा हुने ३३ औं विश्‍व सहकारी महासम्मेलनका लागि सबै सदस्यको राय सङ्‍कलन गर्ने उद्देश्यले कार्यक्रम सञ्‍चालन गरिएको हो । सहकारीको मूल्य मान्यता र सिद्धान्तलाई दिनानुदिनको कार्यमा कसरी समावेश गरेर अगाडी बढ्न सकिन्छ भन्‍ने विषयलाई हामीले फोकस गरेका छौं । सहकारी अरु व्यवसायभन्दा फरक छ र यो मुल्यमा आधारित छ भन्ने हाम्रो पहिचानलाई स्थापित गर्नका लागि यो श्रृङ्‍खला निकै महत्वपूर्ण छ । ग्लोबल बोर्ड सदस्य तथा २०२१ मा हुन लागेको ३३ औं कोअपरेटिभ काङ्‍ग्रेसको सल्लाहकार समिति सदस्य समेत रहनुभएको मल्लले बताउनुभयो । सन् २०२० मा आइसीए १२५ औं बर्षमा प्रवेश गरेको छ भने स्टेटमेन्ट अफ कोअपरेटिभ आइडेन्टीटीले २५ औं बार्षिक समारोह मनाइरहेको छ ।

कोडिभ १९ को महामारीका कारण २०२० मा सियोलमा हुने ३३ औं विश्‍व सहकारी महासम्मेलन २०२१ का लागि सरेको छ । यी दुई ऐतिहासिक अवसरलाई आइसीएले विभिन्न गतिविधि गरेर मनाइरहेको र त्यसै अनुरुप सो काङ्ग्रेसलाई पृष्ठपोषण हुने गरी परामर्श श्रृङ्‍खला सञ्‍चालन भएको मल्लले बताउनुभयो । यी दुई ऐतिहासिक उपलब्धीलाई आइसीएले भव्य उत्सवका साथ मनाउन लागेको हो । सहकारीका फरक पहिचानलाई व्यवहारिक रुपमा लागु गर्न देखा परेका चुनौतीलाई समाधान गर्न रणनीतिक मार्गनिर्देशन गर्नुपर्ने मल्लले बताउनुभयो । भर्चुअल रुपमा भएको सो कार्यक्रममा सहकारीलाई मूल्याङ्‍कन गर्नका लागि यसको उपयोग कसरी गर्न सकिन्छ भन्‍ने हिसाबले यो सदस्यता र मूल्यमा आधारित व्यवहारिक उद्यमलाई सदस्यमैत्री बनाउने सिद्धान्तलाई सहकारीको क्रियाकलापमा प्रस्तुत गर्ने विषयमा आइसीए केन्द्रीत भएको मल्लले बताउनुभयो । सहकारी कसरी अरु भन्दा फरक छ भन्‍ने देखाउन खोजिएको छ । यसले सदस्यको चाहाना र जिम्मेवारीलाई कसरी प्रस्तुत गर्नुपर्दछ भन्‍ने विषयमा सहभागीहरुको राय समेत सङ्‍कलन भएको थियो । सहकार्यलाई कसरी प्रभावकारी रुपमा प्रवद्र्धन गर्ने, स्टकहोल्डर र सरकारसँग कसरी प्रभावकारी सम्बन्ध स्थापना गर्ने भन्ने विषयमा परामर्श श्रृङ्‍खला केन्द्रीत रह्‍‍‌यो ।

आइसीए ग्लोबल बोर्ड सदस्य र काङ्ग्रेसका सल्लाहकार समिति सदस्य मल्ल बाहेक आइसीएको सिद्धान्त कमिटीका सदस्य तथा आइसीए अनुसन्धान कमिटीका संयोजक प्रोफेसर अकिरा कुरिमोटोले पनि सिद्धान्तको विषयमा केन्द्रीत रहेर विचार विमर्श गर्नुभएको थियो । आजको विश्वव्यापी चुनौतीहरुमा सहकारीले कसरी लाभ उठाउन सक्दछ भन्ने विषयमा क्षेत्रिय कार्यालयमार्फत सबै सदस्यहरुको राय सुझाव लिने र परामर्श गर्ने यस कार्यक्रमको उद्देश्य रहेको मल्लले बताउनुभयो । आजको कार्यक्रममा एससीआई लागू गर्न र पालना गर्दा देखा परेका चुनौतीहरुको कुन उपायबाट समाधान गर्न सकिन्छ भन्ने विषयमा हामीले छलफल गर्‍यौं । युवाहरुलाई आकर्षित गर्न र नयाँ अवसरहको अन्वेषण गर्नका लागि यो कार्यक्रम निकै फलदायी भएको मल्लले बताउनुभयो । आइसीएमा एसिया क्षेत्रबाट निर्वाचित मल्ल सक्रिय बोर्ड सदस्य रहेकाले अन्तराष्‍ट्रिय फोरममा सम्बोधन गर्ने, कार्यपत्र प्रस्तुत गर्ने विषयमा अगाडि रहनुभएको छ । उहाँले विश्व सहकारीलाई मूल्य मान्यता र सिद्धान्तमा अगाडि बढाउनका लागि आफ्नो भूमिका रहने बताउदै ७ मार्चमा उहाँले इरानमा दोस्रो परामर्श कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम राख्‍नुभएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन