हाम्रो जनकल्याणद्वारा तेस्रो यात्रु प्रतिक्षालय निर्माण


दोलखा । जिल्लाको हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि ले आफ्नो सामाजिक उत्तरदायित्व अन्‍तर्गत प्राचिन ऐतिहासिक नगरी दोलखा बजारमा नागरिक प्रतिक्षालय निर्माण गरी औपचारिक कार्यक्रमका साथ आज समुदायलाई हस्तान्तरण गरेको छ । प्रतिक्षालयको उद्घाटन गर्दै भीमेश्वर नगरपालिका २ का वडा अध्यक्ष बिराजमान श्रेष्ठले हाम्रो जनकल्याण सहकारीले शेयर सदस्यको बचत तथा ऋण परिचालनको प्रभावकारितासँगै सामुदायिक गतिविधिमा समेत सहकार्य गरेकोमा धन्यावद दिदैं अझ सामुदाय स्तरसम्म प्रविधियुक्त सेवा पुर्याउन‍ आग्रह गर्नुभयो ।

आज नै सोही क्षेत्रका शेयर सदस्यको सुविधालाई ध्यानमा राखी दोलखा बजारमा संस्थाको दोस्रो नगद संकलन केन्द्रको समेत उद्घाटन गरिएको थियो । वडा अध्यक्ष बिराजमान श्रेष्ठ र संस्थाका अध्यक्ष राजन श्रेष्ठले संयुक्त रुपमा नगद सङ्‍कलन केन्द्र र नागरिक प्रतिक्षालयको उद्घाटन गरिएको थियो । यसअघि संस्थाले यही फागुन १ गते भीमेश्वर नगरपालिकाको वडा नं. ५ मिलघुम्ती र कार्तिकेमा यात्रु प्रतिक्षालय समुदायमा हस्तान्तरण गरेको थियो भने चरिकोटमा नगद संकलन केन्द्र सञ्चालनमा ल्याएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन