सहकारीमा एकैदिन तीन सेवा केन्द्र


बाग्लु‍ङ । जिल्लाको सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदस्यहरुलाई गाउँ गाउँमा सहकारी सेवा दिने उद्देश्य सहित बाग्‍लुङ नगरपालिका वडा नम्बर ४ कुडुले, मुलपानी र काँठेखोला गाउँ पालिकाको तङग्राममा ३ वटा सेवा केन्द्र एकैदिन स्थापना गरेको छ ।सिवाइसी सहकारी सेवा केन्द्रको उद्घाटन संविधान सभासदस्य प्रकाश पौडेलले सहकारीको शेयर सदस्यलाई बैंक सरहको सेवा सुविधा दिने जुन कार्यक्रम सुरूवात गरेको छ, यो सकारात्मक काम भएको बताउनुभयो । सहकारी संस्थाका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले जनतालाई गाउँ गाउँमा सहकारी सेवा पुर्याउने उद्देश्यले सेवा केन्द्र विस्तार अभियान शुरू भएको, धौलागिरि अञ्चललाई कार्य क्षेत्र बनाइ अहिलेसम्म ३० वटा सहकारीबिच एकीकरण गरिएको र युवा जनशक्तिलाई स्वदेशमै काम गर्न सहुलियत दरमा ऋण प्रवाह गरिरहेको बताउनुभयो । उहाँले अब अन्य १२ वटा सहकारी संस्थाबीच पनि एकीकरण प्रक्रियाको तयारी भएको बताउनुभयो ।

सरकारले छरिएर रहेका सहकारी संघ संस्थालाई एकीकृत गरि मजभूत सहकारी संस्था बनाउन दिएको निर्देशनको पालना गर्दै सहकारी एकीकरण सँगै गाउँ गाउँमा सहकारीका सेवा केन्द्र मार्फत सदस्यहरुको वित्तीय आवश्यकता पुरा गर्ने लक्ष्य संस्थाले लिएको अध्यक्ष शर्माले जानकारी गराउनुभयो । कार्यक्रममा स्वामी ऋषि प्रपन्नाचार्य, बागलुङ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष ध्रुव केसी, बाग्लु‍ङ नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष खगराज पाण्डे, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष राजेशचन्द्र राजभण्डारी, राष्ट्रिय कलाकार रेशम सापकोटा सहित स्थानीय जनप्रतिनिधि र स्थानीय सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।

यस बर्ष ३० वटा सहकारी संस्थाबीच एकीकरण भई १४ हजार ७ सय ८६ जना शेयर सदस्य रहेको सहकारीको शेयर पुँजी २८ करोड ४७ लाख १० हजार ४ सय पुगेको छ । कुल बचत १ अरब ३१ करोड ८५ लाख ३७ हजार ५७ रूपैयाँ र १ अरब २ करोड ६८ लाख १३ हजार ८ सय ३७ रूपैयाँ ऋण प्रवाह गरेको छ । संस्थाले धौलागिरि भित्रका ३ जिल्लाः बागलुङ, पर्वत र म्याग्दी मा यस अघि नै २२ वटा सेवा केन्द्र सञ्चालनमा ल्याएको थियो । कार्यक्रमको अध्यक्षता सिवाईस साकोसका अध्यक्ष चण्डी प्रसाद शर्मा पौडेलले र कार्यक्रम सञ्चालन सहकारीका सचिव जयराम भारीले गर्नुभएको थियो । सबैभन्दा धेरै सहकारी एकीकरण गरी सहकारीको क्षेत्रमा उत्कृष्ट योगदान पुर्याए वापत सिवाइसी साकोस यस बर्ष नेफ्स्कूनद्वारा पुरस्कृत समेत भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन