आधारशिला अन्तर्गत सहकारी सचेतना कार्यक्रम

सर्लाही । नेफ्स्कूनले सर्लाहीको हरिवन नगरपालिकासँगको सहकार्यमा आधारशिला कार्यक्रम अन्तर्गत सहकारी सचेतना कार्यक्रम आज सञ्चालन गरेको छ । नगर प्रमुख गणेशप्रसाद प्रसाई प्रमुख अतिथि रहनुभएको कार्यक्रमको अध्यक्षता नगरपालिकाका सिँचाई, खानेपानी, कृषि र सहकारी समिति संयोजक शम्भुप्रसाद मैनालीले गर्नुभएको थियो ।

कार्यक्रमममा उप प्रमुख रेणुका कुमारी पौडेल, प्रमुख प्रशासकिय अधिकृत खरुदेव चुडाल, जिल्ला बचत तथा ऋण सहकारी संघ, सर्लाहीका अध्यक्ष बाबुराम घिमिरे, हरिवन नगरपालिका नगर सहकारी सञ्जालका अध्यक्ष रामप्रसाद घिमिरे, हरिवन नगरपालिका सहकारी शाखा प्रमुख दिपेन्द्रकुमार उप्रेती लगायतको उपस्थिति थियो ।

आधारशिला कार्यक्रम नेफ्स्कूनले स्थानीय निकायसँगको सहकार्यमा सहकारीहरुमा सुशासन, गुणस्तरीयता र विश्वसनीयता अभिवृद्धिका लागि सुरु गरेको नवीन अभियान हो । नेफ्स्कूनका वरिष्ठ अधिकृत नविनराज दाहालले आधारशिलाको औचित्य र उद्देश्यका सम्बन्धमा प्रस्तुतिकरण गर्नुभएको कार्यक्रमको सञ्चालन नेफ्स्कूनका अधिृकतद्वयशौभाग्य भट्टराई र राजेन्द्र ढकालले गर्नुभएको थियो ।


Posted

in

, ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *