साकोसका सदस्यहरूको सामुहिक प्रतिवद्धता


काठमाडौं । “एक्लै छैन अब म धेरै साथी पाछु, सिप सिकेर म पनि आत्मनिर्भर भाछु”। “आफ्नै कमाई आँफु खान्छु, तनाव नलिई बाँच्छु, सिप सिकेर म पनि आत्मनिर्भर भाछु ।” यसरी दिदीवहिनीहरूले गीत मार्फत सामुहिक सिप विकासमा जुट्ने र आत्मनिर्भर हुने प्रतिवद्धता जाहेर गर्नुभएको छ । यो प्रतिवद्धता हिजो कालिमाटी स्थित तरकारी फलफुल बचत तथा ऋण सहकारी संस्था लि.ले आयोजना गरेको महिला भेलामा सहभागी सदस्यहरुले गर्नुभएको हो । सदस्यहरुका लागि सिप विकास तालिमको आयोजनामा जुटेको संस्थाको महिला उपसमिति भेलाले तालिममा सहभागी हुने सदस्यहरुलाई संस्थाको गतिविधि, तालिमको विषय र महत्व बारे जानकारी दिएको थियो ।

संस्थाका अध्यक्ष उज्वल कार्कीले तालिमको सान्दर्भिकता माथी प्रकाश पार्दै सदस्यहरुलाई सक्रिय सहभागिताका लागि अनुरोध गर्नुभएको थियो । ६५ जना शेयर सदस्यहरुको सहभागिता रहने १० दिने उक्त तालिम यहि फागुन ९ गतेबाट शुरु हुँदैछ । वरिष्ठ प्रशिक्षक एवम् उद्यमी कमला सुवेदीले सदस्यहरुलाई विभिन्न प्रकारका अचार, कुशन र गुडिया बनाउने सिप प्रदान गर्नुहुने संस्थाका व्यवस्थापक विमला पुडासैनीले जानकारी गराउनुभयो ।

महिला विकास उपसमितिका संयोजक कल्पनाकुमारी चौलागाईंको अध्यक्षता र प्रशिक्षक कमला सुवेदीको प्रशिक्षण रहेको उक्त महिला सदस्य भेलामा संस्थाको गतिविधि बारे व्यवस्थापक पुडासैनीले जानकारी गराउनुभएको थियो । सहभागी सदस्यहरुलाई सामुहिक गीत मार्फत सिप विकास र आर्थिक उपार्जनका विषयमा उद्यमी कमला सुवेदीले उत्प्रेरित गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
कार्यसम्पादन शैली नवसृजनामा रुपान्तरित गर्न क्षमता विकास तालिम आवश्यक
पर्यटन सहकारीको रणनैतिक योजना निर्माण
आठ साकोस नेफ्स्कूनको प्रोवेसन कार्यक्रममा आवद्ध