कस्तुरी कस्मेटिक मेकअप स्टुडियोको उद्घाटन सामारोह
भक्तपुर । अब भक्तपुरमै कस्मेटिकका सम्पुर्ण सामानहरू उपलब्ध हुनुका साथै मेकअप सम्बन्धी सम्पुर्ण तालिम पनि सुरू हुने भएको छ । हिजो भएको एक समारोह बिच उधोग वाणिज्य संघ भक्तपुरका अध्यक्ष प्रदिप श्रेष्ठ, त्यस्तै गंगालक्ष्मी बमनु, गंगा नकर्मी, भगवती खड्का, वरिष्ठ धावक कान्छी मैया कोजु लगायतका अतिथिहरूले उक्त कस्तुरी कस्मेटिक-७ मेकअप स्टुडियोको शुभारम्भ गरिएको हो । शुभारम्भको अवसरमा मेकअप सम्बन्धी तालिममा विशेष छुटको पनि व्यवस्था गरिएको छ ।
त्यस्तै उक्त कस्तुरी कस्मेटिक-७ मेकअप स्टुडियोको शुभारम्भ कार्यक्रममा खुल्ला रक्तदान कार्यक्रम पनि गरिएको थियो । उक्त रक्तदान कार्यक्रममा स्थायी वासिन्दाहरुको पनि उत्साहजनक सहभागीता भएको थियो ।