अध्यक्ष र सचिवका लागि क्षमता अभिवृद्धि तालिम


बर्दिया । जिल्लाको ठाकुरबाबा नगरपालिका भुरिगाउँस्थित सिको बचत तथा ऋण सहकारी संस्थाले सिको जिविकोपार्जन क्लबका अध्यक्ष र सचिवलाई क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको छ । आज आयोजित एक दिवसीय उक्त तालिम सहजीकरण संस्थाका अध्यक्ष दामोदर अधिकारीले गर्नुभएको थियो । अध्यक्ष र सचिवको जिम्मेवारी, काम, कर्तव्यको बारेमा प्रशिक्षण गरिएको उक्त तालिममा ५१ वटा सिको जिविकोपार्जन क्लबका अध्यक्ष र सचिव गरी १ सय २ जना सहभागी थिए । सहभागीहरुका लागि क्षमता अभिवृद्धि साथै वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण दिइएको थियो ।

स्थानीय टोलका कम्तिमा १० देखि २० जना सदस्य रहने गरी सिको जिविकोपार्जन क्लब गठन भएको संस्थाका व्यवस्थापक हरिहर पौडेलले जानकारी दिनुभयो । तालिममा संस्थाका वरिष्ठ उपाध्यक्ष उत्तमबहादुर खत्री, लेखा सुपरिवेक्षण समिति संयोजक जिवनकुमार शाही, ऋण उपसमिति सदस्य अर्जुन भण्डारी उपस्थित हुनुहुन्थ्यो । ७ हजार ६ सय १३ सदस्य रहेको उक्त संस्थाको कुल सम्पत्ति ३१ करोड पुगेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन