क्षमता अभिवृद्धि तालिम (CUDCC) सम्पन्‍न


काठमाडौं । नेफ्स्कूनको प्राविधिक सहजीकरणमा सामूहिक विकास साकोस, रुपन्देहीको सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम (CUDCC) आज सम्पन्न भएको छ । फागुन ४ गतेदेखि पोखरामा सञ्चालित ४ दिवसीय उक्त तालिममा संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति एवम् व्यवस्थापनबाट गरी २२ जनाको सहभागिता रहेको थियो । तालिम सहजीकरण नेफ्स्कूनका प्राचार्य गणेशप्रसाद तिमिल्‍सेना र बल्लभ तिमिल्‍सेनाले गर्नुभएको थियो । तालिम समापनका क्रममा संस्थाका सल्लाहकार एवम् लुम्बिनी प्रदेश वचत ऋण सहकारी संघका अध्यक्ष कृष्ण नेपाल सहभागी हुनुभएको थियो ।

तालिम समापनका क्रममा बोल्दै संस्थाका अध्यक्ष सुरेन्द्रकुमार वर्माले तालिम प्रभावकारी रहेको र संस्थाको संस्थागत विकासका लागि अझै धेरै काम गर्न बाँकि रहेको हुँदा तालिममा सिकेका कुराहरुलाई हुवहु कार्यान्वयन गर्न प्रतिवद्ध रहँदै नेफ्स्कूनसँगको सहकार्यलाई निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी तालिममा अन्य सहभागीहरुले पनि संस्थाको जोखिम व्यवस्थापनमा तालिम उपलब्धिमुलक रहेको विचार व्यक्त गर्नुभयो । सामुहिक विकास साकोस नेफ्स्कूनद्वारा प्रवर्द्धित गुणस्तर सुनिश्चितताको कार्यक्रम प्रोवेसन ब्राण्ड प्राप्त गर्न सफल र एशियाली स्तरको गुणस्तर प्रमाणीकरण कार्यक्रम एक्सेस मा पनि आवद्ध छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न