काठमाडौं । बल्खुस्थित महिला शक्ति बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा एसियाली ऋण महासंघ अकु र नेफ्स्कूनको प्राविधिक सहयोगमा व्यवसाय विकास सेवा अन्तर्गगत लेखापालन, कानुनी व्यवस्था तथा बजारीकरण तालिम आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नानुमैया वास्तोलाको अध्यक्षता र नेफ्स्कूनका सञ्चालक एवम् उद्यमशिलता विकास उपसमिति संयोजक रिना आचार्यको प्रमुख आतिथ्यतामा तालिम सम्पन्न भएको थियो । तालिममा महिला सञ्चालक सहित उद्यमी महिलाहरु र उद्यमशिलता विकासमा प्रतिवद्ध सेयर सदस्य महिलाहरुको सहभागिता थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेफ्स्कूनकी सञ्चालक रिना आर्चायले तालिमको उद्देश्यमाथि प्रकाश पार्दै महिलाहरु अव समयको माग अनुसार व्यवसायिक उद्यमी बन्नुपर्ने र उद्यमशिलता विकासका लागि संघले सहयोग गर्ने धारणा व्यक्त गर्दै नयाँ सोच र सिपले व्यवसायमा लाग्न अनुरोध गर्नुभएको थियो ।

नेफ्स्कूनका सञ्चालक रिना आचार्यले उद्यमशीलताको परिचय, उद्यम छनौट, लगानीको वस्तुगत आङ्कलन, प्रतिफलको पूर्वानुमान, लेखा राख्ने विधि, योजना तर्जुमा, बजारीकरणका विविध तौरतरिका, प्रविधि र इकमर्शको विषयमा सहजीकरण गर्नुभएको थियो भने कार्यक्रम अधिकृत रिता सुवेदीले व्यवसायको चरण, बजार र बजार रणनीति माग र आपुर्तीको आधारमा बजार निर्धारण, लक्षित ग्राहक पहिचान, बजार प्रतिस्पर्धा र मुल्यश्रृङ्खला र अभिलेखको महत्व तथा ढाँचाहरु सम्बन्धी सहजीकरण गर्नुभएको थियो ।

तालिमका सहभागीहरुले आफु र आफ्नो व्यवसाय विकासका लागि सहयोग पुगेको धारणा व्यक्त गरेका गर्नुभएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष विन्दु कार्की, सचिव सुजता श्रेष्ठ, कोषाध्यक्ष बबिता बस्नेत, सञ्चालक सदस्य शारदा खड्गी, मनमाया लामिछाने, शान्त्ती शर्मा ढकाल लगायत सम्पुर्ण उपस्थिति हुनुभएको थियो ।
Leave a Reply