सितापाईलाले सुरु गर्यो क्यूआर कोड सेवा


काठमाडौं। सीतापाईला स्थित सितापाईला बहुउद्देश्यीय सहकारी संस्थाले नगद रहित कारोवार सुरुवात गरेको छ । संस्थाको २२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा क्यूआर कोड सेवा शुभारम्भ गरिएको हो । सदस्यलाई प्रविधिमैत्री बनाउँदै सदस्यलाई नगद रहित कारोवारमा प्रोत्साहित गर्ने हेतुले क्यूआर कोड सेवा सुरु गरिएको संस्थाका अध्यक्ष केदार मानन्धरले बताउनुभयो । कार्यक्रममा संस्थाका सदस्यहरुले सञ्चालन गरेका हरेक सानाठूला व्यवसायहरू तरकारी पसल, चिया पसल, औषधि पसल, फलफूल पसललगायतका व्यवसायहरुमा क्यूआर कोडमार्फत भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको जानकारी गराउनुभएको छ ।

ती पसलहरुमा सामान खरीद गर्दा ग्राहकले मोवाइलमार्फत क्यूआर कोड स्क्यान गरी रकम भुक्तानी गर्न सक्ने व्यवस्था संस्थाले मिलाएको छ । डिजिटल प्रविधि मार्फत मिनि स्टेटमेण्ट , मोवाइलमा टपअप, यूटिलिटि बिल भुक्तानी, हवाई टिकट बुकिङ्ग आदि सेवाका लागि संस्थाले यस अघि नै मोवाइलमा एप्स प्रयोग गर्ने जानकारी अध्यक्ष मानन्धरले बताउनुभयो । संस्थाले सदस्यको पसल पसलमा क्यूआर कोर्ड वितरण गर्ने योजना रहेको मानन्धरले जानकारी दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन