चुरे जैविकमार्गको सेवा केन्द्र विस्तार

कञ्चनपुर । सुदुरपश्चिमको कञ्चनपुरस्थित चुरे जैविकमार्ग बचत तथा ऋण सहकारी संस्था लि. ले बेदकोट नगरपालिका–९, लालपुरमा पहिलो सेवा केन्द्र सुरु गरेको छ । सेवा केन्द्रको उद्घाटन बेदकोट न.पा.–९ का अध्यक्ष रामसिंह धामी र नेफ्स्कूनका सञ्चालक एवम् सुदुरपश्चिम प्रदेश बचत संघका अध्यक्ष माधवप्रसाद जोशीले संयुक्त रुपमा गर्नुभएको थियो । सेवा केन्द्र उद्घाटनका क्रममा वडा अध्यक्ष धामीले स्थानीय सवै क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्न सहकारीले चालेको कदमप्रति प्रशंसा गर्दै वडाको तर्फबाट संस्था विकासका लागि आवश्यक सहयोग गर्न प्रतिवद्धता जाहेर गर्नुभएको थियो ।

सुदुरपश्चिम प्रदेश बचत संघका अध्यक्ष जोशीले सहकारीको प्रगति प्रति खुसी व्‍यक्त गर्दै संस्था र नेफ्स्कू‍नको आपसी सम्बन्ध प्रगाढ रहेको र सो सम्बन्ध अझै उचाईमा पुर्याउन आफूले सक्दो सहयोग गर्ने बचत बद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा वडा नं. ५ का वडा सदस्य जयबहादुर बोहोरा, स्थानीय सहकारी प्रतिनिधिहरु, संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति सदस्यहरू, संस्थाका कर्मचारी, शेयर सदस्यहरू लगायतको उपस्थित रहेको थियो ।

२०६९ साल चैत्र १२ गते स्थापना भएको सहकारीको मुख्य कार्यलय दैजीमा छ । बेदकोट नगरपालिका भर कार्यक्षेत्र विस्तार गर्ने उद्देश्यसहित वडा नं. ९, लालपुरमा पहिलो सेवा केन्द्र सञ्चालनमा ल्याइएको संस्थाले जनाएको छ । संस्थाका सचिव धर्मराज जोशीले स्थानीय विषयमिल्दा सहकारीहरुसँग एकीकरण गर्दै बेदकोट नगरपालिकाभर संस्थाको कार्यक्षेत्र विस्तार गर्ने नीति रहेको बताउनुभयो । यससँगै संस्थाले सदस्यमा बचत गर्ने बानीको विकास गर्न विभिन्न किसिमका बचत योजना ल्याएको छ भने वित्तीय साक्षरता कार्यक्रमहरुलाई पनि निरन्तरता दिने जनाएको छ ।


Posted

in

, ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *