वित्तीय कानुनसम्बन्धी जनसचेतनको प्रशिक्षण


दोलखा । दोलखा जिल्ला कार्यक्षेत्र रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्था लि.ले कर्मचारीको क्षमता विकासका लागि सहकारी तथा वित्तीय कानुनका बारेमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको मुख्य कार्यालय बैत्यश्‍वर गाउँपालिका ५ मैनापोखरीमा शनिबार आयोजित वित्तिय संस्थासँग सम्बन्धित कानुन तथा कानुनी सिद्धान्तका बारेमा प्रशिक्षण कार्यक्रममा दोलखा जिल्ला अदालतका जिल्ला न्यायाधीश कविप्रसाद न्यौपानेले मुख्य सहजीकरण गर्नुभएको थियो । सो अवसरमा जिल्ला न्यायाधीश न्यौपानेले धितो बन्दक र लिखत तयार गर्दा अपनाउनुपर्ने सबै प्रक्रियाका बारेमा सहभागीहरुलाई जानकारी गराउनुभएको थियो । सो अवसरमा उहाँले सहकारी ऐन विशिष्ट कानुन भएकोले सोही कानुनमा उल्लेख भए अनुसारका सबै प्रक्रिया पुरा गरी सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो । सहकारी संस्थाले समुदायका गरिव विपन्न तथा सिमान्तकृत समुदायको जीवनस्तर माथि उकास्‍न काम गर्ने भएकाले सेवा प्रवाहमा व्यवहारिक भन्दा पनि कानुनी प्रक्रिया पुरा गर्नुपर्नेमा जोड दिनुपर्ने उहाँले बताउनुभयो ।

प्रशिक्षण कार्यक्रममा दोलखाका जिल्ला न्याधिवक्ता सविता शर्मा, सहायक जिल्ला न्याधिवक्ता बद्रीकुमार कार्की, जिल्ला अदालत दोलखाका श्रेष्तेदार सुमन कुशवाह र संस्थाका कानुनी सल्लाहकार अधिवक्ता राजेन्द्रनारायण श्रेष्ठले सेवा प्रवाहका क्रममा वित्तिय संस्था तथा सहकारी संस्थाहरुले पालना गर्नुपर्ने कानुनी प्रावधानका बारेमा सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो । सो अवसरमा उहाँहरुले सहकारी संस्थाले मुख्य गरी बचत सङ्‍कलन र ऋण लगानीको कार्य गर्ने भएकोले बचत सङ्‍कलन र ऋण लगानीको क्रममा पालना गर्नुपर्ने कानुनी प्रावधानका बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रमको अध्यक्षता सहकारी संस्थाका अध्यक्ष हेमन्तकुमार चौलागाईले गर्नुभएको थियो ।

अध्यक्षता ग्रहण गर्नुहुँदै चौलागाईले जनसचेतन सहकारी संस्थाले जिल्लाभरी १४ वटा सेवा केन्द्र मार्फत वाणिज्य बैकले दिने सरहको सुविधा आफ्ना शेयर सदस्यहरुलाई प्रवाह गरेको बताउनुभयो । सो अवसरमा उहाँले संस्थाले बचत सङ्‍कलन र ऋण प्रवाहका साथै रेमिट्‌यान्‍स सेवा लगायत अन्य सेवा प्रवाह गर्दै आएको बताउनुभयो । सो अवसरमा अध्यक्ष चौलागाईले सहकारीले समुदाय स्तरमा गैह्रवित्तिय सेवा समेत प्रवाह गर्दे आएको बताउँनुभयो । प्रशिक्षण कार्यक्रममा सहकारी संस्थाका पुर्व अध्यक्ष भीमप्रसाद दाहाल, वरिष्ठ उपाध्यक्ष गोपालध्वज श्रेष्ठ, उपाध्यक्ष स्वस्थानी कुँवर, सचिव कमल दाहाल लगायत अन्य सञ्चालक सहित ५० भन्दा बढी संस्थाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न
मिलिजुली कालिञ्चोक साकोसद्वारा क्यूआर कोड सेवा सुरु
पोखरामा सहकारीको संयुक्त रक्तदान कार्यक्रमः ६२ युनिट रगत संकलन