बाग्म‍ती प्रदेशस्तरीय सहकारी संघहरुको भ्रमण टोली


दोलखा । बाग्म‍ती प्रदेशस्तरीय सहकारी संघहरुको प्रतिनिधिमूलक टोलीले आज दोलखामा अन्तरक्रिया कार्यक्रम गरेको छ । बाग्म‍ती प्रदेश भित्रका जिल्लामा रहेको जिल्लास्थित सहकारी संघहरुसँग अन्तरक्रिया तथा अध्ययन गरिरहेको टोलीको नेतृत्व राष्ट्रिय सहकारी महासंघका सञ्‍चालक डिबी बस्‍नेतले गर्नुभएको थियो भने नेफ्स्कून सञ्‍चालक जिवसराज खड्का, राष्ट्रिय सहकारी बैंकका सञ्चा‍लक ज्ञानबहादुर तामाङ, बाग्म‍ती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे, बाग्म‍ती प्रदेश बचत संघका अध्यक्ष उद्धव सापकोटा, बाग्म‍ती प्रदेश कृषि सहकारी संघका अध्यक्ष डिल्ली पाठक लगायतका प्रतिनिधिहरु भ्रमणमा समावेश हुनुभएको थियो । टोलीले दोलखा जिल्लामा रहेका विषयगत सहकारी संघहरु, प्रारम्भिक संस्थाहरु र कर्मचारीहरुसँग अन्तरक्रिया गरेको हो । कार्यक्रममा संयोजक बस्‍नेतले अन्तरक्रियाको उद्देश्य विषयगत संघहरुमा अहिलेको अवस्था अध्ययन गर्ने र संघहरुलाई संस्थागत बनाउन सहयोग गर्ने रहेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाईले जिल्लामा रहेका ६ वटा संघहरुमध्ये जिल्ला सहकारी संघ र जिल्ला बचत संघ मात्र क्रियाशील रहेकोमा आगामी दिनमा अन्य संघहरुलाई पनि क्रियाशील बनाउन जिल्ला सहकारी संघले भूमिका खेल्ने बताउनुभयो । कार्यक्रममा जिल्ला बचत संघका अध्यक्ष भुमीराज खड्का, जिल्ला कृषि सहकारी संघका अध्यक्ष अम्बिका गोले, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष श्यामकाजी कट्‌वालले विषयगत संघका गतिविधि तथा जिज्ञासा प्रस्तुत गर्नुभयो । यस अध्ययन भ्रमणको प्रतिवेदन राष्ट्रिय सहकारी महासंघमा बुझाउने बाग्म‍ती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटाले जानकारी दिनुभयो । भ्रमण टोलीलाई नेफ्स्कून फिल्ड कार्यालय र जिल्ला बचत संघले स्वागत गरेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

वित्तीय साक्षरता तालिम सम्पन्‍न
हिमचुली साकोस गोरखाको रजत महोत्सव सम्पन्न
नेफ्स्कून साकोस म्यानेजर्स क्लबले देशभर सञ्जाल विस्तार गर्ने
बचत तथा ऋण सहकारी संस्थाहरुको व्यवसायिक प्रबर्द्धन तालिम