गोंगबु सिद्धि साकोस प्रोवेसन कार्यक्रम आवद्ध
काठमाडौं । जिल्लाको पुरानो सहकारी गोंगबु सिद्धि बचत तथा ऋण सहकारी संस्था लि. नेपाल स्तरको साकोस गुणस्तर प्रमाणीकरण कार्यक्रम प्रोवेसनमा आवद्ध भएको छ । यस सम्बन्धमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कून र संस्थाबीच आज औपचारिक सम्झौता भएको छ । संस्थाको तर्फबाट अध्यक्ष गोविन्द महर्जन र नेफ्स्कूनको तर्फबाट कार्यक्रम अधिकृत प्रकाश अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।
२०५० सालमा दर्ता भएको गोंगबु सिद्धि समुदायमा केन्द्रित सहकारी हो । सहकारीको कुल १२ सय सेयर सदस्य र करिब ३४ करोडको कारोबार छ ।