सहकारी सचेतना गोष्ठी


दैलेख । जिल्लाको गुराँस गाउँपालिकामा नेफ्स्कूनद्वारा सञ्चालित आधारशिला कार्यक्रम अन्तर्गत सहकारी सचेतना गोष्ठी आज सम्पन्न भएको छ । गोष्ठीका प्रमुख अथिति गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले सहकारी संघ संस्था व्यवस्थापन, प्रवर्द्धन र नियमन गर्ने दायित्व गाउँपालिकाको भए पनि सीमित स्रोत साधन, न्यून जनशक्ति र प्राविधिक जनशक्ति अभावको कारणले सुरुवाती चरणमा स्वभाविक रुपले सहकारीका काम गर्न नसकेको स्वीकार गदै नेफ्स्कूनसँंगको साझेदारीले गाउँपालिका भित्रका सहकारी संघ संस्था व्यवस्थापनमा सहजता पुग्‍ने विश्‍वास व्यक्त गर्नुभयो ।

नेफ्स्कून र गाउँपालिकाले संयुक्त रुपमा सम्पूर्ण सहकारी संस्थाहरुमा स्थलगत अनुगमन गरी संस्थाको आवश्यकताको विश्लेषण गरेर सोही अनुरुप कार्यक्रम तय गर्ने धारण उहाँले राख्नुभयो । उहाँले आधारशिला कार्यक्रमले स्थानीय स-साना सहकारी एकीकरणका लागि समेत आधार तयार गर्ने हुँदा संस्था सवलीकरणमा कार्यक्रमको महत्व रहेको समेत चर्चा गर्नुभयो । गोष्ठीमा आधारशिला कार्यक्रमको आवश्यकता, सञ्चालन प्रकृया, सहकारी संस्थाहरुको भुमिका, आधारशिलाको परिचय सहित समसामहिक विषयमा संघका वरिष्ठ अधिकृत नविनराज दाहालले सहजीकरण गर्नुभएको थियो ।

वरिष्ठ अधिकृत दाहालको अध्यक्षतामा सम्पन्न गोष्ठीमा सहकारी शाखा प्रमुख विष्णु अधिकारी, नेफ्स्कूनका वरिष्ठ सहायक खिलनाथ लुइटेल, गाउँपालिकाका कर्मचारी, सहकारीका प्रतिनिधिहरु सहित ४० जनाको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन सुर्खेत फिल्ड कार्यलय इन्चार्ज छत्रप्रसाद धमालाले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन