पर्यटन सहकारी प्रवद्र्धन सम्बन्धी रणनैतिक योजना निर्माण


राष्ट्रिय सहकारी महासंघले नेपाल केन्द्रीय पर्यटन सहकारी संघको संयोजनमा पर्यटन सहकारी प्रवद्र्धन सम्बन्धी रणनैतिक योजना निर्माण कार्य शुरु गरेको छ । कार्यक्रमको उद्घाटन महासंघका सञ्चा‍लक तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले गर्नुभएको थियो । उहाँले नेपालको अर्थतन्त्रलाई बलियो बनाउन पर्यटन क्षेत्रको भूमिका महत्वपूर्ण रहेको र सहकारीमार्फत पर्यटन क्षेत्रको विकास र विस्तारमा योगदान पुर्‍याउनुपर्ने बताउनुभयो । उहाँले काम गर्नका लागि सहकारीलाई पैसाको खाचो नहुने बताउनुभयो । ‘राष्ट्रिय सहकारी बैंकले सहकारीलाई मात्र ऋण प्रवाह गर्ने र काम गर्न चाहनेका लागि बैंकले साथ दिने छ।’ उहाँले बताउनुभयो ।

महासंघका महाप्रवन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले दिगो पर्यटनका लागि सहकारीको महत्वपूर्ण भूमिका रहने र सर्वाधिक सम्भावना बोकेको पर्यटन क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने धारणा राख्नुभयो । नेपाल पर्यटन केन्द्रीय सहकारी संघका उपाध्यक्ष मुकुन्द दाहालले विशिष्टकृत संघको स्थापना गरेर सहकारीमार्फत पर्यटन उद्योगमा उदाहरणीय कार्य गर्न लागि परेको बताउनुभयो । कार्यक्रमको सहजीकरण स्वतन्त्र परामर्शदाता निर्मल सिग्देलले गर्नुभएको थियो ।

उद्घाटन समारोहमा नेपाल सहकारी पत्रकार समाजका पूर्व अध्यक्ष डिल्ली सापकोटाले पर्यटन क्षेत्रको विकासमा प्रचार प्रसारको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको सहयोगमा महासंघले पर्यटन प्रवद्र्धन अन्गर्तत रणनैतिक योजना निर्माणदेखि होमस्टे प्रवद्र्धनका कार्यक्रम गर्ने कार्यक्रम निर्धारण गरे अनुरुप सो कार्यक्रम सञ्‍चालन भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

वित्तीय साक्षरता तालिम सम्पन्‍न
हिमचुली साकोस गोरखाको रजत महोत्सव सम्पन्न
नेफ्स्कून साकोस म्यानेजर्स क्लबले देशभर सञ्जाल विस्तार गर्ने
बचत तथा ऋण सहकारी संस्थाहरुको व्यवसायिक प्रबर्द्धन तालिम