आठ साकोस नेफ्स्कूनको प्रोवेसन कार्यक्रममा आवद्ध


काठमाडौं । गोंगवु क्षेत्र आसपास सञ्चालित आठ बचत तथा ऋण सहकारीहरु नेफ्स्कूनद्वारा प्रवर्द्धित साकोस गुणस्तर सुनिश्चितता कार्यक्रम प्रोवेसनमा आवद्ध भएका छन् । संघको गोंगबु फिल्ड कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा नेफ्स्कून र साकोसहरुबीच दिपक्षीय सम्झौता भएको हो ।

कार्यक्रममा आवद्ध साकोसहरुमा ओमसाईराम साकोस, फोकस साकोस, सत्कार साकोस, नौलख साकोस, श्री राधाश्मीव साकोस, उद्देश्य साकोस र बेथानचोक नारी सचेतना साकोस रहेका छन् । यससँगै गोंगबु सिद्धि साकोसले हिजोमात्रै कार्यक्रम सम्झौता गरेको थियो । नेफ्स्कून अध्यक्ष परितोष पौडेल प्रमुख अतिथि रहनुभएको कार्यक्रमको अध्यक्षता संघको गोंगबु फिल्ड व्यावस्थापन उपसमिति संयोजक न्हुछेनारायण श्रेष्ठले गर्नुभएको थियो ।

कार्यक्रममा नेफ्स्कून लेखा सुपरिवेक्षण समिति सदस्य शुसिलकुमार बस्‍नेत, प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोख्रेल, नेफ्स्कूनका पूर्वप्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद पाठक, सदस्य सेवा विभाग प्रमुख दुर्गाप्रसाद ढकाल, नेफ्स्कून गोंगवु फिल्ड कार्यालय इन्चार्ज प्रकाश अधिकारी सहित ८ साकोसबाट १६ जना साकोस प्रतिनिधिहरुको सहभागिता थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून शिक्षा तथा स्रोत केन्द्र उपसमितिको बैठक सम्पन्न
नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न