पर्यटन सहकारीको रणनैतिक योजना निर्माण


पर्यटन सहकारी प्रवद्र्धन सम्बन्धी रणनैतिक योजना निर्माण कार्यक्रम मिति २०७७ फागुनमा सम्पन्न भएको छ । राष्ट्रिय सहकारी महासंघको आयोजना र नेपाल पर्यटन केन्द्रीय सहकारी संघको संयोजनमा पर्यटन सहकारीको विषयमा रणनैतिक योजना निर्माण गरि कार्यक्रम सम्पन्न भएको हो । समापन कार्यक्रममा महिला उद्यमी तथा नेपाल उद्योग वाणिज्य महासंघको वैदेशिक रोजगार फोरमका सदस्य सुवर्ण श्रेष्ठले सहकारीले स्थानीय स्रोत साधनलाई सदुपयोग गर्दै टिमवर्कमा सेवा विस्तार गर्न सक्ने भएकाले यो प्रभावकारी हुने र पर्यटन क्षेत्रमा नयाँ सम्भावनाको ढोकाहरु खोल्ने बताउनुभयो ।

उहाँले अझै पनि नेपालमा लुकेर बसेका धेरै स्थानको उजागर गर्ने कार्यमा स्थानीय समुदायलाई नै जिम्मेवारबोध गराउनका लागि सहकारी उपयुक्त हुन सक्ने बताउनुभयो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य समेत रहनुभएकी श्रेष्ठले व्यवसायमा धैर्यता आवश्यक रहने बताउनुभयो । नेपाल पर्यटन केन्द्रीय सहकारी संघका उपाध्यक्ष मुकुन्द दाहालले पर्यटन सहकारीको प्रवद्र्धनमा केन्द्रीय संघको भूमिका प्रभावकारी बनाउन आवश्यक रहेको औल्याउँदै विशिष्टकृत संघमार्फत पर्यटन क्षेत्रमा सहकारीले नमुना कार्य गर्ने गरी रणनैतिक तयार गरेको बताउनुभयो ।

दिगो पर्यटन उद्योगका लागि सहकारी र सहकारीको छविका लागि पर्यटन उद्योगमा नविनतम नमुना काम गर्ने बताउनुभयो । प्रशिक्षक निर्मल सिग्देलले व्यवसायीक योजना निर्माण गरेर त्यसलाई कार्यन्वयन गर्दै अगाडी बढ्दा व्यवसायमा सफलता प्राप्त हुने बताउनुभयो । कार्यक्रममा सहभागीको तर्फबाट मन्तव्य दिदै दिपक दुलालले आफूलाई योजना बनेसँगै ऊर्जा थपिएको महसुस भएको बताउनुभयो ।

‘हामी उत्साहित भएका छौं । साँञ्चै नयाँ ऊर्जाका साथ नयाँ कार्यको थालनी भएको छ । यसलाइ सफल बनाउने हाम्रो दायित्व हामी पुरा गरेरै छाड्छौं ।’ उहाँले भन्नुभयो । शशि खड्काले सोचेभन्दा सरल र सहज रुपमा कार्य सम्पन्न गर्न सकिएको बताउनुभयो । कार्यक्रममा २५ जनाको सहभागीता रहेको थियो । शुक्रबार राष्ट्रिय सहकारी महासंघका संचालक तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सञ्‍चालक र कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम
प्रबल जनसेवा श्री पदकबाट राष्ट्रिय सहकारी महासंघका सहकारीकर्मीहरु विभूषित
सहकारी अभियानका शीर्ष व्यक्तित्वलाई सम्मान घोषणा
सहकारी अध्ययन अवलोकनमा सिवाईसी साकोस