आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न


अन्तर्राष्ट्रिय सहकारी महासंघ एसिया प्रसान्त क्षेत्र ९आइसीए एपी० को मिति २०७७ फागुन १२ गते क्षेत्रीय सभा सम्पन्न भएको छ । सो सभामा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल, महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्ल, महासंघका उपाध्यक्ष रमेश पोखरेल र महाप्रबन्धक चित्राकुमारी थासम्सुहाङ सुब्बाको सहभागीता रहेको थियो । विभिन्न मुलुकका १०७ जनाको सहभागिता रहेको उक्त सभाले आइसीएएपीको गत बर्षको प्रगति प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदनसहित विभिन्न उपसमितिहरुको प्रस्तुतीमाथि छलफल गरेको थियो ।
उक्त क्षेत्रीय सभाले आईसिएएपीको वोर्डको निवार्चन सहितको १५ औं सभा आगामी नोभेम्वर डिसेम्वर महिनामा कोरियामा हुने वल्र्ड कोअपरेटिभ कंग्रेससंग जोडेर गर्ने निर्णय समेत गरेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मिलिजुली कालिञ्चोक साकोसद्वारा क्यूआर कोड सेवा सुरु
पोखरामा सहकारीको संयुक्त रक्तदान कार्यक्रमः ६२ युनिट रगत संकलन
सहकारी अनुगमन प्रभावकारी बनाउन समितिद्वारा कर्मचारीहरुलाई तालिम
अमर साकोसका कर्मचारीहरुको क्षमता विकास आधारभूत तालिम सम्पन्न