सहकारी विभागको रजिष्ट्रारमा ॠषि तिवारी
काठमाडौं । सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेको सरुवा भएको छ । विभागको रजिष्ट्रारमा ऋषि तिवारीलाई ल्याइएको छ । तिवारीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट विभागमा सरुवा गरिएको हो भने डा. पाण्डेको रक्षा मन्त्रालयमा सरुवा भएको हो । सरकारले पाण्डेसहित ३१ सहसचिवको सरुवा गरेको छ ।