काठमाडौं । काठमाडौं बचत तथा ऋण सहकारी संघ लि.कास्कूनले कलङ्की क्षेत्रमा सञ्चालित साकोसका व्यवस्थापन प्रमुखहरुसँगको अन्तरक्रिया कार्यक्रम परिकार बैङ्क्वेट, स्यचार्टर, काठमाडौंमा ३३ जना व्यवस्थापन प्रमुखहरुको सहभागीतामा सम्पन्न गरेको छ । कार्यक्रम कास्कूनका अध्यक्ष दिपक पनेरुज्यूको अध्यक्षतामा सञ्चालन भएको थियो । कार्यक्रममा सहभागीहरुलाई संघका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद आचार्यज्यूले कार्यक्रमको विषयवस्तु माथि प्रकाश पार्दै स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रममा संघका सचिव सालिकराम पुडासैनी, कोष अध्यक्ष निरञ्जन सेढाई, सञ्चालक लेमन श्रेष्ठ, कास्कून कलङ्की सेवा कार्यालय व्यवस्थापन उपसमितिका सदस्यहरु नरेन्द्र कायस्थ र अरुण डंगोल समेतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा अखण्ड साकोसका व्यवस्थापक बुद्धिराज अधिकारी, चन्द्रकोट साकोसका प्रमुख कार्यकारी अधिकृत रेशम थापा, सतुङ्गगल साकोसका व्यवस्थापक सुर्यबहादुर महर्जन, ग्रिनभ्याली साकोस व्यवस्थापक सन्जु श्रेष्ठ, गुर्जुधारा साकोसका व्यवस्थापक धर्मेन्द्र महर्जन, लक्ष्मीधारा साकोसका सुदर्शन बजगाई, डल्लु एकता साकोसका व्यवस्थापक सुदर्शन आचार्य, ईन्द्रेणी साकोसका व्यवस्थापक युवराज तामाङ्ग, होस्टे हैंसे साकोसका व्यवस्थापक संगमराज पाण्डे, जनधन सकोसका अध्यक्ष कृष्णचन्द्र बस्नेत लगाएतका सहभागीहरुले कास्कूनका वस्तु तथा सेवाहरु र सेवा प्रवाहको अवस्था, सेवा कार्यालय सञ्चालन सम्बन्धमा जिज्ञासा, सुझाव राख्नुभएको थियो । कार्यक्रममा सहभागीहरुको जिज्ञासाको समाधान गर्दै संघका कोषाध्यक्ष निरञ्जन सेढाईज्युले विशुद्ध बैङ्कीग व्यवसायका लागि मात्र कास्कून साकोसहरुका लागि मात्र नभई न्युन दरमा संघले व्यवसायिक क्रियाकलापहरु सञ्चालन गरिरहेको बताउनुभयो ।

अब हाम्रा साकोसहरुले बचत उठाउने र ऋणको लगानी मात्र नभई कारोबार गर्दा बचत र शेयरको अनुपात मिलाउँदै तरलता व्यवस्थापनलाई मात्र फोकस नगरी समग्र पोर्टफोलियो व्यवस्थापन तर्फ ध्यान दिन सकियो भने वित्तीय संस्थाका समस्याहरु स्वत न्युनिकरण हुने धारणा समेत राख्नुभयो । सो अवरमा साकोसको शुद्धता र दिगोपनाका लागि कर्ब्स कार्यक्रममा आवद्ध हुन, साकोसको व्यवसायलाई प्रविधिमा आधारीत भएर सञ्चालन गर्न र अभियानमा डिजिटल बचत र डिजिटल ऋणका सेवाहरु शुरु गर्न नितान्त आवश्यक रहेको औल्याउँदै कास्कूनका व्यवसाय, शिक्षा र तालिमका कार्यक्रमहरुमा सहभागिताका लागि हार्दिक अनुरोध समेत गर्नुभयो । कार्यक्रममा मन्तव्य राख्दै संघका सचिव सालिकराम पुडासैनीले ऋण लगानीलाई नीतिगत रुपमा व्यवस्थापन गरि व्यक्ति विशेषका दवावमुलक सिफारिसहरुलाई ईन्कार गर्न सक्ने हुनका लागि व्यवस्थापनहरुलाई निर्देशन दिनुभयो ।

खासगरी सहकारीका सिद्धान्त, मुल्य मान्यताहरुलाई आत्मसाथ गरेर सहकारीका कानुनहरुमा आधारीत भई मात्र साकोस सञ्चालन गर्ने हो भने आधा भन्दा बढी जोखिमहरु स्वत न्युनिकरण हुने पनि बताउनुभयो । सो अवरमा उहाँले नियमनकारी निकायहरु, सञ्जालसँग समन्वय गरेर गुणस्तर रुपमा संस्था सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रम समापन मन्तव्य राख्दै संघका अध्यक्ष दिपक पनेरुज्यूले अब साकोसले बचत तथा ऋणको कारोबारका अलवा समुदायमा सहकारीपन, वित्तीय साक्षरता, सदस्य शिक्षा, गरिवी निवारण, दिगो विकास लक्ष्यहरुमा आधारीत भएर वस्तु तथा सेवाको विकास गरी सदस्यहरुलाई सहभागिता गराएर सञ्चालन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा उठेका संघका व्यवसायका सम्बन्धमा संघका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद आचार्यले प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको संचालन संघका व्यवस्थापक अरुण कुमार तिवारीले गर्नु भएको थियो ।
Leave a Reply