कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.नेफ्स्कूनद्वारा काभ्रेको धुलिखेलमा यही फागुनमा सञ्चालित फिल्ड व्यवस्थापक कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम आज सम्पन्न भएको छ ।

तीनदिन सम्म चलेको उक्त तालिममा एसियाली ऋण महासंघकी प्रमुख कार्यकारी अधिकृत एलिनिता भी. स्यान रोक्यो लेनीको भर्चुअल कक्षा लगायत विभिन्न विषयविज्ञ आन्तरिक एवम् वाह्य प्रशिक्षकहरुले सहजीकरण गर्नुभएको थियो ।

तालिम समापन सँगै संघका महासचिव दामोदर अधिकारीले सहभागीहरुलाई तालिम प्रमाणपत्र प्रदान गर्नुभएको थियो । तालिममा देशभरका नेफ्स्कून फिल्ड कार्यालयसमेत गरी ३३ जना व्यवस्थापक कर्मचारीहरुको सहभागिता रहेको थियो ।