आधारशिला कार्यक्रम सम्झौता


जाजरकोट । नेफ्स्कूनले स्थानीय निकायसँगको समन्वयमा सञ्चालन गर्ने आधारशिला कार्यक्रम कार्यान्वयनका सम्बन्धमा कर्णाली प्रदेश जाजरकोटको भेरी नगरपालिकासँग आज नेफ्स्कून र नगरपालिकाबीच दिपक्षीय सम्झौता भएको छ ।

यस क्षेत्रमा सहकारिताको अभ्यासमा कमी र धेरै सहकारीलाई सञ्चालन, नीति नियम र व्यवस्थापनको ज्ञानको अभाव रहेको नगर प्रमुखले जानकारी गराउँनुभयो । यस दुर्गम क्षेत्रमा सहकारिताको अभ्यासलाई भेरी नदि जस्तै सङ्‍गालो बनाउने दौरानमा यस नगरपालिकाको आर्थिक सहयोग निरन्तर हुने नगरप्रमुख चन्द्रप्रकाश घर्तिले प्रतिवद्धता व्यक्त गर्नुभयो । आधारशिला कार्यक्रम सम्झौतामा भेरी नगरपालिका, जाजरकोटका नगर प्रमुख चन्द्रप्रकाश घर्ती र नेफ्स्कूनको वरिष्ठ अधिकृत नविनराज दाहालले हस्ताक्षर गरी एक आपसमा सम्झौता हस्तान्तरण गर्नुभयो । यस आधारशिला कार्यक्रमको सफलताको लागि नगरपालिका सदैव सहयोगीको रुपमा रहने भन्दै प्रमुख प्रशासकीय अधिकृत दलवहादुर घर्ती र नेफ्स्कूनको वरिष्ठ तालिम सहायक खिलनाथ लुइटेको पनि ऐक्यवद्धता जाहेर गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

प्रबल जनसेवा श्री पदकबाट राष्ट्रिय सहकारी महासंघका सहकारीकर्मीहरु विभूषित
सहकारी अभियानका शीर्ष व्यक्तित्वलाई सम्मान घोषणा
सहकारी अध्ययन अवलोकनमा सिवाईसी साकोस
चिनारी साकोसको आयोजनामा PALM कार्यशाला