मोरङ । प्रदेश नं. १ का दुई जिल्ला मोरङ र सुनसरीमा सञ्चालित ७ वटा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवम् व्यवस्थापकहरू बीच नविनतम् सिकाई आदानप्रदान सम्बन्धी कार्यशाला गोष्ठी फागुनमा सम्पन्न भएको छ ।कार्यक्रमका प्रमुख व्यक्ति नेफ्स्कून सञ्चालक गोमा नेपालले साकोसहरुबीचको नविनतम सिकाई आदानप्रदानले संस्थाको व्यवसायिक योजना तैयारी र डिजिटल प्रविधि प्रयोग मार्फत साकोसले स्तरिकरणमा फड्को मार्न सकिने सम्भावना रहेको बताउनुभयो । कञ्चनजंघा साकोसको आयोजनामा जिल्लाका प्रगति, जनएकता, जनकल्याण, जनचाहना, सेवा र शुभलाभ साकोसका व्यवस्थापकहरूबीच सहकारीका नविनतम सिकाईका सम्बन्धमा नेफ्स्कूनद्वारा सहजीकरण गरिएको थियो ।

नेफ्स्कूनका कार्यक्रम अधिकृत मुकेश दाहालले सहकारी एकीकरण, सेवाकेन्द्र सञ्चालन, ऋणको विविधिकरण, सम्पत्ति शुद्धीकरण, भाखा नाघेको ऋण व्यवस्थापन लगायतका विषयवस्तुहरुको प्रक्रियागत चरणहरुको विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । प्रोवेसन कार्यक्रममा आवद्ध सातवटा साकोसका अध्यक्ष, व्यवस्थापक, प्रोवेसन कार्यदल संयोजक सहित २४ जनाको उपस्थिति थियो । कार्यक्रममा साकोस व्यवस्थापकहरुले तयार पार्नुभएको वित्तीय प्रतिवेदनको आधारमा वित्तीय विश्लेषण गर्नुभएको थियो ।
Leave a Reply