सहकारी सञ्चालन सम्बन्धी अभिमुखीकरण


रुपन्देही । बुटवल उपमहानगरपालिका–२ स्थित धनवर्षा बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति, उपसमिति एवम् कर्मचारीहरुका लागि सहकारी सञ्चालन सम्बन्धी एक दिवसीय अभिमुखीकरण यही फागुनमा सञ्चालन भएको छ । नेफ्स्कूनको प्राविधिक सहजीकरणमा सम्पन्न अभिमुखीकरणमा २७ जना साकोस प्रतिनिधिहरुलको सहभागिता रहेको थियो। उक्त कार्यक्रमबाट संस्था सञ्चालन सम्बन्धी नविनतम ज्ञान, सीप हाँसिल भएको र यसबाट प्राप्त ज्ञान संस्थाको गुणस्तरीय विकासका लागि कार्यान्वयनको चरणमा उपयोग गरिने बताउनुभएको छ । संस्था साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम प्रोवेसनमा छिट्टै सहभागी बन्‍ने प्रतिवद्धता सहभागीहरुले व्यक्त गर्नुभएको छ । कार्यक्रम सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत कोमलराज अधिकारीले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून शिक्षा तथा स्रोत केन्द्र उपसमितिको बैठक सम्पन्न
नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न