बचत तथा ऋण सहकारी संस्थाहरुको व्यवसायिक प्रबर्द्धन तालिम

धनगढी । नेपाल सरकार भूमि व्‍यवस्था ,सहकारी तथा गरिवी निवारण मन्त्रालय सहकारी विभाग र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड नेफ्स्कूनको साझेदारीमा सञ्चालित “सहकारी क्षेत्र सुदृढीकरण तथा प्रणाली सुधार” कार्यक्रममा रहेको बचत तथा ऋण सहकारी संस्थाहरुको व्यवसायिक प्रबर्द्धन तालिम आजबाट धनगढीमा शुरु भएको छ । फागुन २० गतेसम्म सञ्चालन हुने तालिम कार्यक्रमको उद्घाटन कार्यक्रममा नेफ्स्कूनका सञ्चालक सदस्य माधवप्रसाद जोशीको अध्यक्षता थियो भने प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका सञ्चालक तारा लामा तथा विशिष्टि अतिथि, नेफस्कुनकी संचालक सदस्य एवं उद्यमशिलता उपसमिति संयोजक रिना आचार्य लगायतको सहभागिता थियो ।

नेफ्स्कूनकी सञ्चालक रिना आचार्यले स्वागत गर्नुभएको कार्यक्रममा संघ अन्तर्गत यूवा परिचालन उपसमिति सदस्य दीप्ती शाही, नेफ्स्कून फिल्ड व्‍यवस्थापन उपसमिति सदस्यद्धय, भुपेन्द्र थापा र प्रेमलता देवी गौतमको पनि उपस्थित थियो । नेफ्स्कूनका वरिष्ठ अधिकृत दीपकप्रसाद ढुङ्‍गानाले सञ्चालन गर्नुभएको कार्यक्रमको व्‍यवस्थापन कञ्‍चनपुर फिल्ड कार्यालय इन्चार्ज विष्णुदत्त जोशीले गर्नुभएको थियो । ५ दिन सम्म सञ्चालन हुने कार्यक्रम सहजीकरण नेफ्स्कूनका सञ्चालक सदस्य माधवप्रसाद जोशी , सञ्चालक सदस्य रिना आर्चाय , नेफ्स्कूनका वरिष्ठ अधिकृत दीपकप्रसाद ढुङ्‍गाना, अधिकृत रिता सुवेदीले गर्नुभएको छ । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका डोटी ,बझाङ, डडेल्धुरा कञ्चनपूर र कैलाली जिल्लामा रहेका बचत तथा ऋण सहकारी संस्थाका २७ जना व्‍यवस्थापकहरुको सहभागिता रहेको छ ।


Posted

in

, ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *