हिमचुली साकोस गोरखाको रजत महोत्सव सम्पन्न


गोरखा नगरपालिका ७ नयाँबजार स्थित हिमचुली बचत तथा ऋण सहकारी संस्था लि. को रजत महोत्सव समारोह सम्पन्न भएको छ । रजत महोत्सव समारोहलाई संवोधन गर्दै नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.नेफ्स्कूनका सञ्चालक सदस्य चण्डिप्रसाद शर्मा पौडेलले सहकारी संस्थाहरुको संस्थागत विकास, व्यवस्थापन र गुणात्मक बृद्धिका लागि सहकारी ऐन २०७४ कोशेढुङ्गा‍ सावित हुने बताउनुभएको छ । नेपालमा सहकारी संस्थाहरुको संख्यात्मक बृद्धि अत्याधिक भएकाले अवको सहकारी अभियानलाई सहकारीको गुणात्मक बृद्धितर्फ लैजान जरुरी रहेको र त्यसका लागि सहकारी संस्थाहरु एक आपसमा एकीकरण हुनुपर्ने पौडेलको भनाई थियो । पौडेलले ऐनमा जति धैरै राम्रा कुराहरु आएता पनि मस्यौदा सहकारी नियमावलीमा सहकारीलाई खुम्च्याउन खोजिएकाले यसमा अभियानको असन्तुष्टि रहेको बताउनुभएको थियो ।

कार्यक्रममा खुल्ला विश्व विद्यालयका उपकुलपति प्रो. लेखनाथ शर्मा, सिद्धिगणेश साकोसका अध्यक्ष अच्यूतलाल श्रेष्ठ, हेफर्स नेपालका प्रमुख संस्थापक प्रतापराज वन्त, गण्डकी साकोसका अध्यक्ष वेत्रावती वाग्ले, गोरखा साकोसका अध्यक्ष राजेन्द्रप्रसाद अर्याल, गोरखा नगरपालिका वडा नं. ८ का अध्यक्ष कृष्णवहादुर खत्री, महिला शेयर सदस्यहरुको तर्फवाट सरस्वती पोखरेल, पुरुष शेयर सदस्यहरुको तर्फवाट विश्‍वेश्‍वर कडेल लगायत सम्‍पूर्णले शुभकामना मन्तव्य राख्‍नुभएको थियो । कार्यक्रमका अवसरमा प्रमुख अतिथि पौडेल र खुल्ला विश्वविद्यालयका उपकुलपति प्रा.डा. शर्माले संयुक्त रुपमा संस्थाको स्मारिका विमोचन गरेका थिए । सोही अवसरमा उत्कृष्ठ विद्यार्थी, उत्कृष्ठ ऋणी, संस्थापक, पूर्व सञ्चालक, विद्यावारीधि उपाधि प्राप्त रघुनाथ अर्याल लगायतलाई सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष दिलीप सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष तुलसा मरहठ्ठा र सञ्चालन रामवावु श्रेष्ठले गर्नुभएको थियो । संस्थाको २५ वर्षको समग्र प्रगतिको बारेमा संस्थाका अध्यक्ष सापाकोटाले जानकारी गराउनुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सञ्‍चालक र कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम
प्रबल जनसेवा श्री पदकबाट राष्ट्रिय सहकारी महासंघका सहकारीकर्मीहरु विभूषित
सहकारी अभियानका शीर्ष व्यक्तित्वलाई सम्मान घोषणा
सहकारी अध्ययन अवलोकनमा सिवाईसी साकोस