काठमाडौं । काठमाडौं बचत तथा ऋण सहकारी संघ लि. कास्कूनले काठमाडौंको सामाखुसी स्थित स्काई रेष्ट्रो एण्ड बैङ्केटमा १ दिवसिय वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ । तालिममा विभिन्न साकोसका २७ जना प्रतिनिधीहरुको सहभागीता भएको थियो । तालिमको समापन सत्र, संघका कोषाध्यक्ष निरञ्जन सेढाईको अध्यक्षतामा सञ्चालन भएको थियो ।

समापन सत्रमा मन्तव्य राख्दै कास्कूनका कार्यक्रमहरुमा निरन्तर सहभागीता जनाउन आग्रह गर्दै नेपाल एकिकरणका समयमा पृथ्वीनारायण शाहलाई हतियार किन्न बिसे नगर्चीले ५० पैसा सहयोग गरेको र बङ्गलादेशमा रिक्सा चालकहरुले चिया खाने पैसा बचाएर बच्चालाई उच्च शिक्षासम्म पढाएको प्रसङ्ग जोड्दै सहकारी संस्थाहरुले पनि सकेसम्म अनावश्यक खर्चलाई कटौती गर्ने गराउने र सदस्यहरुलाई पनि वित्तीय साक्षरताका विषयमा शिक्षीत गराउनुपर्ने धारणा राख्नुभएको थियो ।

साथै सो अवसरमा तालिममा सहभागीहरुलाई आफ्नो व्यक्तिगत जीवन र सामाजिक जिवनमा वित्तीय साक्षरतालाई आत्मसाथ गर्न र सिकेका कुराहरु अन्य सहपाठीहरुलाई सिकाउने विश्वास रहेको बताउँदै सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । तालिमको सहजीकरण संघका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसादआचार्यले गर्नुभएको थियो भने तालिम समापन सत्रको सञ्चालन कास्कून सदस्य सेवा कार्यालय गोगंबुका प्रमुख कमलप्रसाद सापकोटाले गर्नुभएको थियो ।
Leave a Reply