प्रतिबिम्ब साकोसको आयोजनामा दोस्रो पाम वर्कशप सम्पन्‍न

काठमाडौं । प्रतिबिम्म बचत तथा ऋण सहकारी संस्था लि. चावहिलको आयोजनामा काठमाडौं चौंथो कर्ब्‍स समुहको दोस्रो पाम वर्कसप यही फागुनमा सम्पन्न भएको छ । प्रतिबिम्ब साकोसका अध्यक्ष बलराज राईको अध्यक्षता, कास्कूनका सचिव सालिकराम पुडासैनीको प्रमुख आतिथ्यतामा र कास्कूनका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद आचार्यको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा ७ वटा संस्थाहरुको सक्रिय सहभागीता रहेको थियो । कार्यक्रम नेफ्स्कूनका कार्यक्रम अधिकृत सोविता मैनाली र कास्कूनका कार्यक्रम अधिकृत सविना न्यौपानेले संयुक्त रुपमा सहजीकरण गर्नुभएको थियो । साकोसका सचिव सुर्यबहादुर कटुवालले सञ्चा‍लन गर्नु भएको कार्यक्रममा संस्थाका व्यवस्थाक एवम् कार्यदलका संयोजक रामचन्द्र भट्टराईले सहभागीहरुलाई स्वागत मन्तव्यबाट स्वागत गर्नुभएको थियो । कार्यक्रममा कास्कूनका प्रमुख कार्यकारी अधिकृतले पाम वर्कशप त्रैमासिक रुपमा समिक्षा गर्ने कार्यक्रम भएको हुँदा एक अर्काका अनुभव र सिकाईहरु खुलस्त रुपमा छलफल गर्न र अडिटरहरुले दिएका सुझावहरुलाई पालना गर्दै नीतिगत व्यवस्था सहित कार्यान्वयमा लाग्‍न निर्देशन दिनुभएको थियो ।

सो अवसरमा सञ्चा‍लक समिति, कर्ब्‍स कार्यदल र व्यवस्थापनलाई साकोसको दिगो सञ्चा‍लनका लागि क्षमता वृद्धि र विकासका लागि सदैव लाग्‍न पनि आग्रह गर्दै आयोजक र सहभागी साकोसका प्रतिनिधीहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि एवम् कास्कूनका सचिव सालिकराम पुडासैनीले यो टिममा आवद्ध साकोसहरुले संस्था सञ्चा‍लनको लागि दक्ष व्यवस्थापन, शुसाशनका औजारहरुको विकास गरेर रुपान्तरीत हुन जरुरी रहेको बताउनुभएको थियो । साथै संस्थाको विकासका लागि कास्कून तयार रहेको र आवश्यक परे हाम्रो केन्द्रिय संघ पनि हामि संगैं रहेको हुँदा हरबखत संस्था र सदस्यहरुको हितमा राखेर काम गर्न समयानुकुल नीति, विधी र प्रविधिलाई अङ्‌गिकार गर्नुपर्ने धारणा समेत राख्नुभयो । कार्यक्रमको समापन अध्यक्षता ग्रहण गरिरहनु भएका संस्थाका अध्यक्ष बलराज राईले कार्यक्रम सिक्ने र सिकाउने थलो भएको बताउँदै सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नु भयो ।


Posted

in

,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *