नुवाकोट सहकारी संघ मन्त्रालयमा दर्ता

नुवाकोट जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड बाग्मती प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा दर्ता भएको छ । विदुर नगरपालिका २ नुवाकोटमा उक्त सहकारीको कार्यालय रहेको छ । आधिकारिक रुपमा दर्ता भएसंगै उक्त सहकारीले अब बचत तथा ऋणसम्बन्धिका गतिविधी सञ्चालन गर्नेछ । यसअघि प्रारम्भिक भेलाले तदर्थ समिति गठन गरेको थियो । रमेश श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा राजेन्द्र आमत्य,सचिवमा नविन्द्र मान प्रधान र कोषाध्यक्षमा केशब मिश्र रहेको छन् । यस्तै रामप्रसाद रिमाल, शान्ति गुरुङ, नविनकृष्ण राजभण्डारी,रामराजा श्रेष्ठ, गोपाल बहादुर सापकोटा, भोलाशंकर गुरुवाचार्य र महेन्द्रमान डंगोल सदस्य रहेका छन् । यसैबिच भेलाले हरिकृष्ण श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय तदर्थ लेखा सुपरिवेक्षण समिति समेत चयन गरेको छ । अन्य सदस्यहरुमा केशव प्याकुरेल र कृष्णप्रसाद लामिछाने रहेका छन् ।


Posted

in

, ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *