दोलखा । नेफ्स्कून फिल्ड कार्यालय दोलखाको आयोजना र दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघको व्यवस्थापनमा आज साकोस एकरुपता प्रणाली समिक्षा तथा कार्ययोजना गोष्ठी सम्पन्न भएको छ । नेफ्स्कूनका सञ्चालक तथा दोलखा फिल्ड कार्यालय व्यवस्थापन उपसमिति संयोजक जिवसराज खड्काको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, विशेष अतिथि नेफ्स्कूनका महासचिव दामोदर अधिकारी, बाग्मती प्रदेश सहकारी संघका महासचिव भिमप्रसाद दाहाल, जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाई , जिल्ला बचत संघका अध्यक्ष भुमीराज खड्का र फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्यहरुको आतिथ्यता रहेको थियो । नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले एकरुपता प्रणाली नेफ्स्कूनको मात्र कार्यक्रम नभई साकोस अभियानैको कार्यक्रम रहेको र दोलखाको अभ्यासमा रहेको एकरुपता प्रणाली देशभर सिकाई हुने कुरा बताउनुभयो ।

नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले नेफ्स्कूनको अन्तरलगानी कार्यक्रमको सुरुवातमा २०५३ सालमा दोलखा जिल्लाको १६ हजार रुपैया बाट सुरु भएको कुरा स्मरण गराउदै हाल नेफ्स्कूनको व्यवसाय वृद्धिमा दोलखाको योग्दानको प्रशंसा गर्नुभयो । दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भुमीराज खड्काले दोलखा जिल्लामा एक्सेस कार्यक्रममा ६ वटा संस्था, प्रोवेसनमा ३ वटा , कर्ब्स कार्यक्रममा ३१ वटा आवद्ध भएको र अन्य आवद्ध नभएका संस्थालाई नेफ्स्कून र जिल्ला बचत संघ साझेदारी मार्फत अभियानमा जोडि निति, विधि र प्रविधिमा लैजाने प्रतिवद्धता जनाउनुभयो ।

२०७६ फागुन १ गते भएको अघिल्लो कार्यक्रमको समिक्षा, साकोसहरुको प्रगति तथा आगामी कार्ययोजना सहितको प्रस्तुतीकरण गर्दै कार्यक्रमको प्राविधिक सहजीकरण नेफ्स्कूनका सदस्य सेवा विभागका प्रमुख दुर्गाप्रसाद ढकालले गर्नुभएको थियो । जिल्लाका ७० वटा सहकारीका ११० जना सहकारीकर्मीहरुबीच भएको कार्यक्रमकोे आगामी समिक्षा २०७८ भाद्र १५ गते आयोजना हुने निर्णय भएको छ ।
Leave a Reply