भरतपुर १ चितवनमा रहेको फेन्सी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १०औं स्थापना दिवसको अवसरमा इ-सेवासँगको सहकार्यमा सदस्यहरुलाई क्यु आर कोड सेवा उपलब्ध गराएको छ । क्युूआर कोड सेवाको उद्घाटन नेफ्स्कूनका निवर्तमान कोषाध्यक्ष केशवप्रसाद पोख्रेलले गर्नुभएको थियो । सहकारीले प्रदान गरेको प्रविधिमैत्री क्युआर कोड सेवाबाट सहकारीका सदस्यले आफ्नो व्यवसायमा हुने कारोबार बापतको रकम वा कुनै पनि भुत्तानी लिदाको रकम क्युआर कोड मार्फत संस्थामा रहेको आफ्नो खातामा जम्मा हुने भएकोले नगद रहित सुरक्षित कारोवार गर्न सकिने सहकारीका अध्यक्ष मेघराज कंडेलले बताउनुभयो । अध्यक्ष कंडेलले क्युआर कोड सेवा छिटो,सजिलो,सरल र सुलभ भएकाले संस्थाको सदस्य, सेवाग्राही लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।

संस्थाले पहिलो चरणमा २३ जना सदस्यलाई क्यूआर कोड वितरण गरेको छ । यसै गरि संस्थाले ईन्फोडेभलपर्स प्रा.लि सँगको सहकार्यमा क्यु आर कोड सुविधा समेत सुचारु गरेको छ । सदस्यले संस्थाको मोवाइल एपको प्रयोग गरि सजिलैसँग निःशुल्क नगद रहित कारोबार गर्न सक्नेछन । प्रविधिमैत्री र नगद रहित कारोवारलाई प्रोत्साहन गर्ने उदेश्यले यो सुविधा प्रदान गरेको सहकारीका व्यस्थापक ठुलोकान्छा-९ अमित बम्जनले बताउनुभयो । हाल संस्थाले पहिलो वर्षका लागि सदस्यलाई मोवाइल बैंकिङ् सेवा निःशुल्क प्रदान गर्दै आईरहेको छ । क्यु आर कोड सुविधा प्रदान गरेपछि सहकारी संस्थाका सदस्यहरुले नेपालभरी रहेका जुनसुकै फोन पे नेटवर्कमा सहकारीको मोवाइल एप मार्फत भुक्तानी लिन दिन सक्नेछन् ।

सहकारी संस्थाले निशुल्क रुपमा सदस्यहरुलाई मोवाईल एप मार्फत् विजुली, टेलिफोन , ईन्टरनेट , खानेपानी , ईन्सुरेन्सको विल भुक्तानी गर्ने , मोवाइलमा ब्यालेन्स रिचार्ज गर्ने, रकम राखेको झिकेको जानकारी पाउने लगायतका अधिकतम डिजिटल सेवा दिदै आएको छ । यस्तै खाताको स्टेटमेन्ट हेर्ने, ब्यालेन्स हेर्ने, चेक अनुरोध तथा रद्य गर्ने , सहकारीको खाताबाट जुनसुकै बैंकमा रकम टान्सफर गर्ने, इ-सेवा, खल्ती वालेटमा लोड गर्न मिल्ने, हवाई टिकट बुक गर्न मिल्ने , संस्थाको बारेमा सुचना जानकारी प्राप्त गर्ने साथै संस्थालाई सल्लाह सुझाव एवं प्रतिक्रिया दिन सकिने सुविधा प्रदान गर्दै आईरहेको थियो । हाल संस्थाले सदस्यलाई मोवाइल बैंकिङ्, एटीएम लगायतका डिजिटल सेवाहरु प्रदान गर्दै आईरहेको छ ।
संस्थाले इ-सेवासँग सहकार्य गरि आगामी ३ महिनाको लागि मोवाइल बैंकिङ् एपबाट सदस्यले निशुल्क विभिन्न बैंकमा रकम ट्रान्स्फर सुविधा समेत प्रदान गिरएको छ ।
Leave a Reply